
एमाले सम्बद्ध शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा
हिरा गाहामगर चयन,शिक्षक आन्दोलनको बिषयमा कार्यक्रममा घोचपेंच
अकला संवाददाता /पुतलीबजार
सत्तारूढ नेतृत्वको नेकपा एमाले निकट शिक्षकहरु संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको १४ औं जिल्ला अधिवेशनले हिरा गाहामगरको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गर्दै शनिबारदेखि पुतलीबजारमा सम्पन्न भएको छ । जसको उपाध्यक्ष: रिता शर्मा,उपाध्यक्ष: वि पी पोख्रेल ,सचिव: खगेन्द्र पौडेल,कोषाध्यक्ष: रामचन्द्र पोखरेल ,सहसचिव: देवका न्यौपाने
सह कोषाध्यक्ष: दीपा न्यौपाने सदस्यहरू,सरस्वती सुवेदी (फेदीखोला गा पा),रुद्रप्रसाद पौडेल (फेदीखोला गापा ),नवराज चापागाईं (आँधीखोला गा पा) ,दीपक रेग्मी (पुतली बजार न पा)दण्डपाणी बराल (पुतली बजार न पा ),दीपक प्रसाद सापकोटा (अर्जुन चौपारी गा पा ),हेमन्त पोखरेल (बिरुवा गा पा),केशव सिग्देल (हरिनास गा पा ),सुशील चन्द्र न्यौपाने (हरिनास गा पा ),सुमन पौडेल (वालिङ न पा ),सूर्य भट्टराई (गल्याङ न पा ),हरिप्रसाद भट्टराई (चापाकोट न पा ),कृष्णप्रसाद पराजुली (कालीगण्डकी गा पा )
सुमित्रा खड्का (कालीगण्डकी गा पा) रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि लगायत पार्टीका नेताहरूले शिक्षक आन्दोलन विरुद्ध नकारात्मक टिप्पणी सहित सम्बोधन गरेपछि केही बेर हलमा हल्लाखल्ला मच्चिएको अधिवेशनमा सहभागी एक शिक्षक प्रतिनिधिले नाम नखोल्ने सर्तमा अकला आवाजलाई बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा पुर्व मन्त्री पद्मा कुमारी अर्याल लगायतका पार्टी एवम् संगठनका नेताहरू सहभागी थिए ।
स्रोतका अनुसार शिक्षक आन्दोलन सत्ता विरुद्ध परिचालन भईरहको भन्दै एमाले नेताहरू धेरै खुसी छैनन् ।
कार्यक्रममा सहभागी अतिथि नेतृत्वले शिक्षक आन्दोलन कसको उक्साहट र योजनामा भएको हो ? राज्यको बजेटले थेग्न नसक्ने माग राखेर सरकारलाई अफ्ट्यारोमा पारेको भनाइ सहितको मन्तब्य राखेपछि हलमा सहभागी शिक्षक प्रतिनिधिहरु आक्रोशित हुदै हल्ला-खल्ला गरेपछि बोलिरहेका नेताहरूले सम्बोधन रोकेर बाहिरीएको स्रोतले बताएको छ । कार्यक्रममा सम्बोधन गरिरहेका नेता र प्रतिनिधि विच केही बेर मौखिक बाजाबाज भएपछि सहभागी नेताहरूलाई शिक्षक संगठनका केन्द्रीय नेता यम बहादुर कुंवर लगायतका शिक्षक नेताहरूले हलबाट सुरक्षित ढंगले बाहिर निकालेको बुझिएको छ ।
Copy akala