वालिङ् शिक्षामा भएको अनियमितताको नालीबेली सार्वजनिक, यथाशीघ्र छानबिन गर्न नगर प्रमुख खांणको निर्देशन !
अकला आवाज संवाददाता
शनिबार दिउँसो माझकोट माविको पुर्व प्र.अ.अमृत खनालले स्याङ्जाको वालिङमा शिक्षक सरुवा बढुवा तथा समायोजनमा ठुलो आर्थिक चलखेल भएको र यी स्कुलहरुमा यसरी अनियमिततापुर्वक आर्थिक लेनदेन भएको बिषय सार्वजनिक गर्नुभएको थियोे । त्यो लगतै हामीले शिक्षक खनाललाई शनिबार राति अबेरसम्म सम्पर्कमा ल्याउने प्रयास गरेका थियौ तर हाम्रो प्रयास सफल भएन । आइतबार विहान स्वयं खनाल हाम्रो सम्पर्कमा आएपछि सार्वजनिक गरिएको बिषय बारे बुझ्न प्रयास गरेका थियौ र हामीले आइतबार नै उहालाई भेटेर केही बिषय बुझ्ने कोशिश गरेका थियौ ।
शिक्षक खनालले सार्वजनिक गरेका १० बुदाहरुलाई अकला आवाजले यसरी प्रस्तुत गरेको छ ।
(१) हिमाली माध्यमिक विधालयमा गणित बिषयमा अध्यापनरत्त शिक्षक कृष्ण प्रसाद श्रेष्ठलाई राजिनामा दिन लगाएर भानु माध्यमिक विधालय चापाकोटमा अध्यापनरत्त फरक बिषयकी शिक्षिका संग ६ महिनाको तलब स्केल बापतको पैसा लिएको र उक्त कुरा निज शिक्षिकाका श्रीमानले १ बर्षको तलब स्केल मागेका थिए,धन्न अन्तिममा यताउता गरेर ६ महिनाले माने भनेर साथीहरू विच छलफलमा समेत भनेको दाबी गरिएको छ ।
शिक्षक श्रेष्ठको अनिवार्य अवकाशको समय ६ महिना बाकी छदै गर्दा उनलाई राजिनामा दिन भनिएको थियोे । उनलाई अनुरोध/दबाब वा प्रभाव केही रहेको हुन सक्ने दाबी उक्त पक्षले गरेको छ ।
(२) टापु भञ्ज्याङमा नियुक्ति लिएका शिक्षक नवराज रेग्मीले उक्त बिधालयमा हाजिर समेत नभई पुनः रणविर माविमा अर्को नियुक्ति लिएको र उक्त नियुक्ति रकम लेनदेन मार्फत भएको दाबी गरिएको छ । गरिएको दाबी अनुसार स्याङ्जा शिक्षा समन्वयमा समेत रेकर्डमा रहेको र उक्त रेकर्ड हटाउने चलखेल भएको खनालले दाबी गर्नु भएको छ । उक्त बिषयमा समन्वयलाई ध्यानाकर्षण सहित अस्वभाविक चलखेल नगर्न भनिएको छ।
(३) शिक्षक बढुवाको बिषय झनै डरलाग्दो र रहस्यमय भएको दाबी गरिएको छ । शिक्षक बढुुवामा जिल्लाभर बाट ४० लाख बराबर र वालिङभित्र १० लाख बराबरको चलखेल भएको बुझिएको छ ।
बढुवा फाइलहरुमा रकम लिएका हरु मात्रै पारिएको र ५० हजार देखि ५ लाखसम्म लेनदेन भएको दाबीमा भनिएको छ । २०६० सालदेखि बढुवा नभएका शिक्षकहरू जहांको त्यहीँ रहने तर ०७५ मा नियुक्ति भएकाहरु आर्थिक चलखेलले भटाभट बढुवा भएको समेत सार्वजनिक दाबी गरिएको छ । उक्त बढुवामा तत्कालीन इकाई प्रमुख गुरु प्रसाद पौडेल देखि शिक्षा निर्देशनालयका अम्बिका आचार्य सम्म मिलेमतो भएको बुझिएको छ । उक्त प्रकरणमा एकजना मिश्र थरका शिक्षकले रु ५ लाख बुझाएर बढुवा सहित अन्यत्र जिल्ला सरुवा समेत भएको दाबी गरिएको छ । स्रोतले गरेको दाबीमा थप तथ्यहरु सहित राज्यका निकायलाई दिने भनिएको छ ।
(४) वालिङ २ कसेदीमा रहेको चक्रदेवि आधारभुत विधालयमा विधार्थी अभावले स्कुल समायोजन गर्दा उक्त स्कुलमा अध्यापनरत २ शिक्षिकाहरुबाट ५०/५० हजार रुपैयाँ लिएको दाबी गरिएको छ । साथै विधालय संयोजन गर्दा अभिभावक भेला,राय सुझाव केही नगरि सिधै समायोजन गरिएको दाबी छ । रकम लिएको दाबी गरिएका शिक्षकहरू लाई उनीहरूको अनुकूल पायक पर्ने स्कुलमा सरुवा गरिएको दाबी छ ।
(५)लमजुङ जिल्लाबाट जामुने डांडा स्कुलमा सरुवाको क्रममा कर्मचारी मिलाउन पर्छ भन्दै फाईल अड्काएर रु १ लाख लिएको दाबी गरिएको छ ।
(६) माझकोट स्कुलबाट जगत भञ्ज्याङ स्कुलमा सरुवा सन्दर्भ
➡️ बिषय सार्वजनिक गर्ने शिक्षक अमृत खनालले २०७९ मङ्सिर २८ मा माविको स्थायी नियुक्ति लागि पुर्णामृत माविमा रिक्त दरबन्दी भएको र दरबन्दीमा आउन का लागि विव्यस,नगरपालीकाको पत्र र निर्णय सहित जादा त्यहाँ अर्कै शिक्षक राखिसकिएको र खनाललाई महेन्द्र मावि जगत भञ्ज्याङ जान भनिएको । उहाँ जान खोज्दा डेढ लाख रुपैया सहयोग गर्न र शिक्षक संघको सदस्य बन्न भनिएको र उक्त बिषयमा म सहमत नभए पछि माझकोट माविका शिक्षक नवराज रेग्मीलाई त्यहाँ ल्याएको दाबी छ ।
(७) जनसेवा माध्यमिक विधालयमा अध्यापनरत अर्याल थरका शिक्षकलाई डुम्रे भञ्ज्याङ बाट जनहित माध्यमिक विधालय लैजाने र जनहितमा प्र.अ. रहेका मिन लुईटेललाई जबर्जस्ती हटाएपछि नगर शिक्षामा उजुरी दिएको र त्यो विवाद मिलाउन पटकपटक होटल भेनसमा बसेको उक्त बसाइँमा २५ हजारको खानपिन व्यवस्थापन गरिएको भनिएको छ । उक्त बिषयमा ध्यानाकर्षण गराउदा मार्ने धम्की दिएको दाबी गरिएको छ ।
(८) वालिङ ४ पाउदुुरेमा रहेको जनहित आधारभूतमा रहेकी एक जना शिक्षिकालाई विना विज्ञापन,बिना विधालय समायोजन आर्थिक कारोबारको प्रभावमा रही रु ५० हजार समेत लिई,नगर शिक्षाको समेत प्रक्रिया पूरा नगरी भुम्रे माविमा ल्याएको दाबी गरिएको छ ।
(९) सहिद सुक्रबाट हेड सर बनाउने प्रलोभन सहित पोख्रेल थरका एकजना शिक्षकलाई ३ लाख आसपास लिएर महेन्द्र मावि जगत लगिएका,त्यहाँ विवाद भएपछि रणविर मावि खहरे ल्याएको दाबी गरिएको छ । (यद्यपि उक्त बिषय अहिले अदालतमा समेत विचाराधीन रहेको छ ।)
(१०) ७ र १० नम्बर बुदामा मिल्दोजुल्दो खानपिन गरिएको दाबी गरिएको छ ।
उक्त बिषयमा शिक्षक खनालले वालिङ नगर शिक्षा समितिमा रहेकाहरुको चलखेल भएको दाबी गरेका छन् । उनलेे उक्त बिषयमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी कोही यो बिषयमा नजोडिएको समेत प्रष्ट पारेका छन् । उनलेे रणविर माविका हेडसर लक्ष्मी रेग्मी यी धेरै बिषयमा जोडिएको दाबी गरेका छन् । भने सरस्वती माविका हेडसर यम बहादुर कुवरले अस्वभाविक मौनता देखाएको खनालको दाबी छ ।
उक्त बिषयमा अकलाले रेग्मीलाई समेत सोधेको थियो । जवाफमा रेग्मीले यो बिषयमा प्रमाणित गर्न खनाललाई चुनौती दिएका थिए । रेग्मीले आफू अहिले कामको सिलसिलामा कोहलपुर रहेको र नगरपालिका शिक्षा शाखालाई यो बारेमा बुझ्न अनुरोध गरेको समेत बताएका छन् । उक्त बिषयमा आफ्नो मानहानी भएको भन्दै बुदा ८ मा जोडिएकि एक जना शिक्षिकाले नगरपालिकामा उजुरी दर्ता समेत गरेकी छन् ।
यस्तै उक्त बिषयमा तुरुन्तै छानबिन गर्न नगर प्रमुख कृष्ण खांणले प्रशाशकिय प्रमुख र शिक्षा शाखा प्रमुखलाई समेत निर्देशन दिएको बुझिएको छ ।
शिक्षक खनाललाई हेडसर लक्ष्मी रेग्मीले घरमा आएर धम्की दिने,गाली बेईजति गर्ने,परिवारका विचमा अपशब्द बोल्दै दुर्ववहार गरेको दाबी खनालले गरेका छन् ।
विधालयको प्र.अ. भईसकेको मान्छेले दाबी गरिएका बिषयहरु केही होइन भनेर पन्छिनु हुदैन । यद्यपि खनालका समेत कतिपय शैलीगत त्रुटीहरुका बारेमा कहिलेकाही बिषय उठ्ने गर्छन् । यदि खनालले गरेका दाबीहरु काल्पनिक छन् भने खनाललाई समेत कारबाही हुनुपर्छ तर शिक्षकका नेताहरू मार्फत शिक्षा क्षेत्र अस्तव्यस्त एवम् लथालिङ्ग बनाउन भने पाईदैन । यो भनिरहदा शिक्षा क्षेत्र सबै बिग्रेको भने छैन । केही स्कुलले शिक्षामा राम्रो सुधार समेत गरिरहेका छन् । ती विधालयहरुको प्रयास सकारात्मक समेत देखिएको छ । कतिपय शिक्षकहरु आफ्नो घरभन्दा धेरै स्कुललाई महत्त्व दिएका समेत हुनुहुन्छ । समाज धेरै नकारात्मक पनि बनेको छ । दुख गरेका शिक्षक शिक्षिकाहरु प्रति उत्साह दिने, प्रयास गरेका स्कुलमा उर्जा दिने र गलत गरेका ठाउँमा ध्यानाकर्षण र खबरदारी हाम्रो दायित्व बनेको छ ।
तसर्थ उठेको बिषयमा गम्भीरतापूर्वक छानबिन होस् र हुनुपर्छ । दोषी माथि कारबाही होस् र निर्दोष माथि सामाजिक र पेशागत अपमान नहोस् । साथै आफ्नो नजिकैको मान्छेलाइ नमिल्ने ठाउँमा ल्याउन एवम् राख्न पनि मिल्ने र संगठन बाट टाढाको मान्छेलाई लैजाने र राख्न मिल्ने ठाउँमा समेत नराख्ने नगरौं ।जुनसुकै बिषय र मुद्दा उठाउने पक्षले पनि आफूलाई भनेको भए सबै जाति हुदै जाने र नभएको भए लौ सबै लुट्यो भन्ने भाष्य समेत गराउन हुदैन । तसर्थ कानुनसम्मत शिक्षा क्षेत्र चलाउन सबै हातेमालो गरौं र वालिङ्को शिक्षालाई सकारात्मक बाटोमा लैजाउ ।


