Syangja Update Communication
सरकारद्वारा नागढुङ्गा सुरुङमार्गको दस्तुर सार्वजनिक (सूचीसहित)

स्याङ्जा  - सरकारले काठमाण्डौको मुख्य नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने गाडीका लागि लाग्ने शुल्क दर सार्वजनिक गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिजो राजपत्रमा सूचना प्रकाशित गर्दै सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने दस्तुर तोकेको हो । मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो शुल्क निर्धारण गरेको हो । 

गएको साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा हिजो राजपत्रमा दररेट प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ । नयाँ दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका गाडीले काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । 

यस्तै मिनी बस, मिनी टिपर र मिनी ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ । ठूला गाडीहरू बस/ट्रकका लागि लागि काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ । 

अत्यधिक भारवहनवाला गाडीका हकमा भने ६०० रुपैयाँ प्रवेश शुल्क र २५० रुपैयाँ बाहिरिने शुल्क निर्धारण गरिएको राजपत्रमा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update