मिति : ०८२ साल चैत १५ गते
समय : राति करिब ११ बजेर २५ मिनेटमा ।
तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोक सडक खण्डमा एक युवक एक्लै हिँडिरहेका थिए । त्यही बेला विपरीत दिशाबाट मोटरसाइकलमा आएका दुई जना अचानक रोकिन्छन् । मोटरसाइकलको पछाडि बसेका व्यक्ति ओर्लिएर ती युवकतर्फ बढ्छन् । केही क्षणमै उनले युवकलाई समातेर सीसीटिभीले कैद गर्न नसक्ने अँध्यारो ठाउँतर्फ तान्दै लैजान्छन् । मोटरसाइकल चालक भने भा*ग्ने तयारी अवस्थामै बसिरहेका हुन्छन् । केहीबेरपछि दृश्यमा युवक ल*डेको देखिन्छ । उनलाई तानेर लग्ने व्यक्तिले ल*छारपछार गरिरहेको हुन्छ । युवक उठेर भा*ग्न प्रयास गर्छन, तर उनलाई फेरि समातेर रोक्ने प्रयास गरिन्छ । उनलाई लात्ताले पनि हि*र्काइन्छ । अन्ततः युवक त्यहाँबाट भा*ग्न सफल हुन्छन् । तर विडम्बना, अ*न्धाधुन्ध भा*ग्दै गर्दा विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकलले उनलाई ठ*क्कर दिन्छ । ठ*क्करपछि मोटरसाइकलमा सवार दुई जना र ती युवक पनि सडकमा प*छारिन्छन् ।
उता पहिला स्ट्यान्डबाइमा रहेका चालकले मोटरसाइकल अलि अगाडि बढाउँछन् र युवकलाई आ*क्रमण गर्ने व्यक्ति पनि फर्किएर मोटरसाइकलमा चढ्छन् । त्यसपछि उनीहरु त्यहाँबाट फ*रार हुन्छन् ।
एकातिर मोटरसाइकल चालक ल*डिरहेका हुन्छन् भने अर्कोतर्फ युवक ग*म्भीर घा*इते अवस्थामा सडकमा लडेका हुन्छन् । युवक उठ्न खोज्छन् तर सक्दैनन् । उनी फेरि लड्छन् । मोटरसाइकलको ठक्करका कारण उनलाई ग*म्भीर चो*ट लाग्छ ।
केहीबेरपछि मोटरसाइकल चालक पनि उठेर घा*इते युवकतर्फ जान्छन् । उनले बाटो हेरेर हिँड्न सक्दैनन् भन्दै युवकलाई थर्का*उँछन् । जवाफमा युवकले भन्छन् –‘मलाई लु*टपाट गर्न खोजे ।’ त्यसपछि चालकले ‘कसले के गर्यो ?’ भनेर थप सोधपुछ गर्छन् ।
चालक स्वयं पनि घा*इते हुन्छन्, सम्भवतः उनको पनि खुट्टामा चो*ट लागेको थियो । यता सडकमा ल*डिरहेका युवक फेरि उठ्न खोज्छन्, तर फेरि पनि उठ्न सक्दैनन् ।
त्यसैबीच अर्को स्कुटर त्यहाँ आइपुग्छ तर नरोकि अघि बढ्छ । घा*इते मोटरसाइकल चालकले आफ्नो मोटरसाइकल उठाएर उनी पनि त्यहाँबाट फ*रार हुन्छन् । युवक भने सडकमै ल*डिरहेका हुन्छन् ।
केही समयपछि एउटा ट्याक्सी त्यहाँ आउँछ, तर त्यो पनि नरोकी अघि बढ्छ । त्यसपछि दुई जना मोटरसाइकलमा आउँछन् । उनीहरुले पनि लडेको युवकलाई हेर्दै अघि बढ्छन् । त्यसपछि फेरि अर्को मोटरसाइकल आउँछ । युवक ल*डेको अवस्थामा देखेपछि एकैछिन मोटरसाइकल रोकिन्छ । चालकले पछाडी फर्केर लडेका युवकलाई हेर्छन् । उनी पनि एक छिन् हेरेर ह्युईकिन्छन् । यतिबेला रातको ११ बजेर ३१ मिनेट कटिसकेको थियो ।
अन्ततः केहीबेरमा दुई जना प्रहरी मोटरसाइकलमा आइपुग्छन् । उनीहरुले घा*इते युवकलाई उ*द्धार गरी ट्याक्सीमा राखेर उ*पचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पु¥याउँछन् । घा*इते युवक दोरम्बा–सैलुङ गाउँपालिका–५ रामेछापका जलबहादुर सैँजु हुन् । घटनापछि जलबहादुरको परिवारले प्रहरी वृत्त बालाजु मा निवेदन दर्ता गराएका छन् । तर हालसम्म न त लु*टपाटमा संलग्न व्यक्तिहरुको पत्ता लागेको छ, न त ठ*क्कर दिने मोटरसाइकलको नै पहिचान खुल्न सकेको छ । सीसी*टिभी फुटेजमा समेत मोटरसाइकलको नम्बर स्पष्ट रुपमा नदेखिएकाले अ*नुसन्धानमा कठिनाइ भइरहेको छ । सोही कारण अहिलेसम्म घट*नाबारे ठोस तथ्य बाहिर आउन सकेको छैन ।
अब भन्नुहोस् पी*डितले न्याय कसरी पाउने ?

