Syangja Update Communication
राजमार्ग र फुटपाथ कब्जा गर्ने दिन सकिए: अवैध संरचना र जथाभाबी पार्किङ हटाउन वैशाख १ सम्मको अल्टिमेटम

  स्याङ्जा 

  सिद्धार्थ राजमार्गको पुतलीबजार नगरपालिका क्षेत्रमा पार्किङ्ग व्यवस्थापन सम्बन्धमा यस कार्यालयको समन्वय साथै जिल्ला प्रहरी कार्यालय, पुतलीबजार नगरपालिका, यातायात शाखा, वडा नं. १ का वडा अध्यक्ष, स्याङजा जिल्ला उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श नागरिक समाज, पत्रकार,  यातायात व्यावसायीका प्रतिनिधिहरुको सहभागितामा निम्न निर्णयहरु भएका ।
१. सिद्धार्थ राजमार्गको पुतलीबजार नगरपालिका क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनहरु मुख्य राजमार्गमा पार्किङ्ग नगर्ने, भाडाका सार्वजानिक यातायातका साधनहरुले तपसिल बमोजिमका स्थानहरुमा पार्किङ र  pick and drop गर्ने ।
तपसिल:
क) सार्वजानिक भाडाका सवारी साधन (बस, ट्रक, स्कुल बस, ट्रिपर, ट्याक्टर, मिनि बस, माइक्रो बस हाइस, पिकअप भन्दा ठूला सवारी साधन बसपार्कमा पार्किङ्ग गर्ने ।
ख) पिकअप र पिकअप भन्दा साना भाडाका सार्वजानिक सवारी साधन (ट्याक्सी, अटो रिक्सा) पुतलीबजार नगरपालिका वडा नं. 1 को वसपार्कको तल्लो खण्डमा रहेको खुला स्थानमा पार्किङ गर्ने । ट्याक्सीको हकमा ट्याक्सी चोकदेखि चापको रुख जाने भित्री बाटो बढीमा २ वटा ट्याक्सी स्टाण्डमा राख्ने ।
ग) पिकअप वा सो भन्दा ठुला सवारी साधन मुख्य राजमार्गमा सवारी होल्ड गर्न नपाइने, pick and drop को लागि निम्नस्थानहरु प्रयोग गर्ने
• पुतलीबजार नगरपालिका वडा नं. ३ को बाडखोलाचोक
• पुतलीबजार नगरपालिका वडा नं. १ प्रगतिनगर पुतलीबजार नगरपालिकाको कार्यालय जाने चोक, 
• पुतलीबजार नगरपालिका वडा नं. १घुम्तीचोकको प्रतिक्षालय
• पुतलीबजार नगरपालिका वडा नं. १ ट्याक्सी चोक
• राङ्गखोला स्थित बिरुवा चोक
घ) पुतलीबजार नगरपालिका बाहेक जिल्लास्थित अन्य पालिकामा पर्ने राजमार्गका शहरी क्षेत्र (हेलु, बयरघारी, मिर्दी  वालिङ, गल्याङ, राम्दी, फेदीखोला ) को हकमा सवारी साधनको पार्किङ र pick and drop व्यवस्थापन सम्बन्धित पालिकासँग समन्वय गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले यकिन गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पेश गर्ने ।
२. मोटरसाइकल पार्किङ पुतलीबजार नगरपालिकाको भित्री सडकमा गर्ने 
३. मुख्य राजमार्ग तथा भित्र सडकको पेटीमा निर्माण गरिएका अवैध संरचना, निर्माण सामाग्री, फुटपाथ पसल राख्न नपाइने राखेको भएमा मिति २०८३ वैशाख १ गते भित्र हटाउनुपर्ने यसको कार्यान्वयन सम्बन्धित पालिकाको नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने ।
4. फुटपाथमा कुनैपनि सवारी साधन पार्किङ गर्न नपाइने ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update