Syangja Update Communication
द्वारभञ्ज्याङमा घटनाक्रम, मृतक बालकको पोष्टमार्टम तयारी

स्याङ्जाको वालिङ नगरपालिका ५ द्वारभञ्ज्याङमा १३ बर्षिय वालक निसान थापा आफ्नै घरको बाकसमा मृत भेटिएका छन् ।

श्री सरस्वती आ.वि. मिनाङ्कोटमा कक्षा ८ मा अध्यानरत १३ वर्षका  निशान थापा बिधालयमा परीक्षा सकिएर घर फर्किएका थिए ।

स्थानीय खुम बहादुर थापाको एक मात्रा  छोरा वर्ष १३ को निशान केही बेर घरमा देखिएनन् । आमा छिमेकीको मेलामा गएकी थिईन् ।

स्कुलबाट फर्केका निसान बहिनी सहित घरमा थिए । चट्याङ सहित पानी परिरहेको थियो । स्रोतका अनुसार उनी चट्याङ सहित पानी परेपछि घरको माथिल्लो तलामा गएको बुझिएको छ ।

मेलाबाट फर्केर आएपछि छोरा निसानलाई नदेखेपछि हारगुहार र खोजी गरिएको थियोे । जताततै खोजेपनि नभेटेपछि केही समयमा घरको आटीमा भएको बाकसमा निसान मृत अवस्थामा देखेपछि स्थानीयद्वारा  प्रहरीलाई खबर गरिएको थियोे ।

साझ ९ बजे प्रहरी घटनास्थल निसानको घर पुगेरको थियो । बाकसमा मृत भेटिएका निसानलाई पोष्टमार्टमका लागि प्रहरीले गह्रौं प्राथमिक स्वास्थ केन्द्र वालिङ लगिएको छ भने घटनास्थललाई प्रहरीले शिल लगाएर कडा सुरक्षा घेरामा राखेको वालिङ् ५ का अध्यक्ष छवि आलेले बताउनुभएको छ ।

घटनाको बारेमा सुक्ष्म अनुसन्धान भईरहेको वडा प्रहरी कार्यलय भकुण्डे बताएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update