स्याङ्जा (वालिङ)। जिल्ला स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर-०१ स्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा अवैध खैनी (सुर्तीजन्य पदार्थ) बरामद गरेको छ।
अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल कात्तिक १५ गते राती करिब ०१:३० बजे सवारी साधनहरू चेकजाँच गर्ने क्रममा उक्त अवैध खैनी फेला पारेको हो।
विवरण:
सवारी साधन: ग. १ क. ५३८६ नम्बरको ट्रक। (बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको)।
बरामद सामान: BijLi SPRIT TOBACCO लेखिएको १३ कार्टुन (६४८० पिस) खैनी।
अन्दाजी मूल्य: रु. २,७३,०००।- (अक्षरूपी दुई लाख तिरहत्तर हजार)।
बरामद गरिएको र आवश्यक अनुसन्धान तथा कारवाहीका लागि मिति २०८२ साल कात्तिक १६ गते श्री भैरहवा भन्सार कार्यालय, वेलहिया रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अवैध रूपमा भन्सार छली ल्याइएका सुर्तीजन्य पदार्थको ओसारपसार नियन्त्रणका लागि राजमार्गमा निगरानी बढाइएको प्रहरीको भनाइ छ।


