स्याङ्जा अपडेट (Syanga Update)
पाल्पा/बगनासकाली। स्याङ्जाबाट बुटवलतर्फ लैजाँदै गरेको ठूलो परिमाणको अवैध युरिया मल छिमेकी जिल्ला पाल्पामा नियन्त्रणमा लिइएको छ। पाल्पाको जिल्ला प्रहरी कार्यालयले पाल्पाको बगनासकाली गाउँपालिका–३, आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा जाँचका क्रममा उक्त मल बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले दिएको जानकारी अनुसार, स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लुप्र ०१–००१ ख ०९५९ नम्बरको मिनी ट्रकलाई रोकेर जाँच गर्दा गाडीमा लुकाएर राखिएको ६० क्वीन्टल (६ हजार किलो) अवैध युरिया मल फेला परेको थियो।
अवैध रूपमा मल ओसारपसारमा संलग्न चालक, मलसहित मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाएको छ।
स्याङ्जाबाट अवैध कारोबार!
> बरामद परिमाण: ६० क्वीन्टल युरिया मल
> सवारी साधन: लुप्र ०१–००१ ख ०९५९ मिनी ट्रक
> स्थान: पाल्पा, बगनासकाली (आर्यभञ्ज्याङ)
> प्रहरी कारबाही: चालक र गाडी नियन्त्रणमा


