Syangja Update Communication
नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार-पसारमा संलग्न ट्याक्टरहरू प्रहरी नियन्त्रणमा

स्याङ्जा

     मिति २०८२/०७/१७ गते दिउँसो करिब १३:३० बजे स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर-०७, बलमाटा क्षेत्रमा नदीजन्य पदार्थ (ढुङ्गा) को अवैध उत्खनन तथा ओसार-पसार भइरहेको भन्ने प्राप्त सूचनाका आधारमा प्रहरी चौकी दहथुम, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले निम्न नम्बरका ट्याक्टरहरूलाई ढुङ्गा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका ट्याक्टरहरू तथा कारवाही विवरण निम्नानुसार रहेको छ:


१  ग. १ त. ५०३९ जिल्ला स्याङ्जा, भीरकोट नगरपालिका वडा नम्बर-०७, बलमाटा  रु. १०,०००/- 
२  ग. १ त. ६२६३ जिल्ला स्याङ्जा, भीरकोट नगरपालिका वडा  नम्बर-०७, बलमाटा  रु. १०,०००/- 

नोट: नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भीरकोट नगरपालिकाको कार्यालय, भीरकोट स्याङ्जामा पठाइएको र निम्नानुसारको जरिवाना (कारवाही) समेत भएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update