Syangja Update Communication
स्याङ्जा वालिङका कुँवरले गरे सगरमाथा र लोहोत्सेको सफल आरोहण

स्याङ्जा वालिङका कुँवरले गरे सगरमाथा र लोहोत्सेको सफल आरोहण
अकला संवाददाता 
स्याङ्जा वालिङमा स्थायी घर भई हाल भारतीय सेनामा कार्यरत सुवेदार कृष्ण बहादुर कुँवरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सुवेदार कुँवरले यही जेठ १५ गते सगरमाथा तथा विश्वको चौथो अग्लो लोहोत्से हिमालको सफल आरोहण गर्नुभएको हो । वालिङ–८, विपि चोकका  कुँवर टु पब्लीक टु–फाइभ जिआर गोर्खा राइफल भारतमा कार्यरत हुनुहुन्छ । यसअघि समेत उहाँले सगरमाथाको आरोहण गरिसक्नुभएको थियो ।
सुवेदार कुँवर मौसम अनुकुल रहेमा लुक्लाबाट भोली काठमाण्डौ फर्कने तालिका रहेको कुँवर समाज नेपाल स्याङ्जाका जिल्ला सचिव क्याप्टेन दिपक कुँवरले बताउनुभयो । उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा तथा चौथो अग्लो हिमाल लोहोत्सेको सफल आरोहण गरी किर्तिमान कायम गर्न सफल भएकोमा सिंगो नेपाल तथा कुँवर समाज गौरवान्वित  भएको बताउनुभयो । सुवेदार कुँवरलाई उच्च सफलताको कामना सहित जन्मस्थान वालिङमा कुँवर समाजले सम्मान गर्ने तयारी गरिएको समाजका सचिव क्याप्टेन कुँवरले बताउनुभयो ।
कुंवरको आरोहणले समग्र स्याङ्जा र वालिङको समेत गौरव बढाएको स्याङ्जाका पर्यटन व्यवसायीहरुले बताएका छन् ।

1000022038-1748676605.jpg

प्रकाशित मिति: शनिबार, जेठ १८, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update