
सिद्धार्थ राजमार्गमामा बजेट सुनिश्चित भएको हल्ला मात्रै हो-पुर्व मन्त्री श्रेष्ठ,
अकला संवाददाता
नेपाली काङ्ग्रेसका नेता तथा पुर्व गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठले सिद्धार्थ राजमार्गको योजना तथा बजेटको चर्चा हल्ला मात्रै भएको जिकिर गरेका छन् । संघीय सरकारले ल्याएको बजेटमा बजेट योजना तथा बजेट सुनिश्चित नगरी घुमाउरो पाराले झुक्याउन खोजेको समेत दाबी गरेका छन् । राजमार्ग निर्माणका लागि झण्डै २० अर्ब लागत लाग्छ सरकारले १० करोड मात्रै छुट्टयाइएको छ,कसरी बन्छ सडक श्रेष्ठको प्रश्न थियोे । सिद्धार्थ राजमार्ग निर्माणका लागि छुट्टै परियोजना बनाएर अगाडि बढ्ने काम भने भएको श्रेष्ठले बताए । पुतलीबजार वा वालिङमा परियोजना कार्यलय सञ्चालन गर्ने बिषयमा भने १० करोड राखिएको श्रेष्ठको तर्क थियोे ।
बजेट सुनिश्चित भएको जसरी जसरी प्रचारप्रसार गरिएको छ,त्यस्तो नभएको भन्दै श्रेष्ठले वैदेशिक निकायसँग सरकारले आगामी असोजसम्म सहमति गर्न नसके राजमार्ग स्तरोन्नतिको काम तत्कालको सम्भावना टर्ने श्रेष्ठको दाबी छ ।
सिद्धार्थ राजमार्गको प्रगति बारे अकलाको आगामी अंकमा विस्तृत विवरण आउनेछ..