वालिङ नगरपालिकालाई जापान सरकारबाट निःशुल्क दमकल प्राप्त
जापान सरकारले वालिङ नगरपालिकालाई निःशुल्क रूपमा एउटा दमकल (फायर इन्जिन) प्रदान गरेको छ।
भोलेन्टियर कर्प्स नेपाल (Volunteer Corps Nepal) का अध्यक्ष दीपक चापागाइँको पहलकदमीमा प्राप्त उक्त दमकल सशस्त्र प्रहरी नेपालको नम्बर १९ हेडक्वार्टरमा एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो।
यो सहयोगले वालिङ नगरपालिकामा आगलागीजन्य विपद् व्यवस्थापनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


