
स्याङ्जा : सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले गर्दा मोबाइल व्यवसायमा ठूलो असर परेको छ भने गाउँघरमा बस्ने ज्येष्ठ नागरिकहरूलाई आफ्ना विदेशमा रहेका छोराछोरीसँग कुरा गर्नसमेत समस्या भएको छ।
पछिल्लो समय अधिकांश अभिभावकहरू आफ्ना सन्तानसँग सम्पर्कमा रहनका लागि स्मार्टफोन प्रयोग गर्दै आएका थिए। विशेषगरी भाइबर, ह्वाट्सएप, मेसेन्जरजस्ता सामाजिक सञ्जालका माध्यमबाट भिडिओ कल गरेर कुरा गर्दा उनीहरूलाई निकै सहज भएको थियो। तर, सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपछि उनीहरूको यो दैनिकीमा समस्या आएको छ।
"छोराछोरी विदेशमा छन्, दिनहुँ भिडियो कलमा कुरा गरेरै मन बुझाउँथेँ," स्याङ्जा वालिङ् एक वृद्धाले भनिन्, "अहिले कुरा गर्न पनि गाह्रो भयो, इन्टरनेट चल्दैन। मन साह्रै भारी भएको छ।"
ज्येष्ठ नागरिकहरूको सहजताका लागि स्मार्टफोनको प्रयोग बढेको थियो, तर प्रतिबन्धले गर्दा उनीहरूको जीवनमा थप कठिनाइ आएको छ। यसले गर्दा मोबाइल व्यवसायमा समेत मन्दी छाएको छ। पछिल्लो समय कम मूल्यका स्मार्टफोनको बिक्री निकै घटेको व्यापारीहरू बताउँछन्। उनीहरूका अनुसार इन्टरनेट चलाउनै नपाइने भएपछि साधारण फोनको माग बढेको छ।
यस समस्याले नागरिकको जीवनसँगै अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको छ। नागरिकको सञ्चार अधिकारमा परेको असर र व्यवसायमा आएको मन्दीलाई सम्बोधन गर्न सरकारले तत्काल यस विषयमा ध्यान दिनुपर्ने देखिन्छ।