Syangja Update Communication
रामपुर नगरपालिकामा अन्धाधुन्ध पार्किङ शुल्क असुलीको व्यापक गुनासो


पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क असुलीका नाममा व्यापक मनपरी र अन्धाधुन्ध पैसा उठाउने गरेको भन्दै सवारी चालकहरूले गम्भीर गुनासो गरेका छन् ।


नगरपालिकाले तोकेको पार्किङ स्थलमा मात्रै नभएर रामपुरको कुनै पनि सडकछेउमा गाडी देखिनेबित्तिकै जबर्जस्ती पार्किङ शुल्क भन्दै रकम असुली गर्ने गरिएको गाडी चालकहरूको भनाइ छ ।

चालकहरूका अनुसार, कतिपय अवस्थामा सडकमा छोटो समयका लागि रोकेको वा यात्रु ओराल्दा/चढाउँदा समेत तत्काल शुल्क तिर्न धम्काउने र बाध्य पार्ने काम भइरहेको छ ।
चालकहरूले 'जथाभावी पार्किङ' को नाममा नगरपालिकाले नियमविपरीत र अव्यवस्थित तरिकाले शुल्क असुली गरिरहेको र यसले आफूहरूलाई मर्का परेको बताएका छन् । उनीहरूले यस किसिमको अन्धाधुन्ध शुल्क असुली तत्काल रोक्न र पार्किङको स्पष्ट मापदण्ड तथा नियम कायम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update