गैरकानुनी रूपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

स्याङ्जा । स्याङ्जा प्रहरीले गैरकानुनी रूपमा नदीजन्य पदार्थ (गिट्टी) ओसारपसार गरिरहेको अवस्थामा एक ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले २०८२ भदौ ३० गते दिउँसो करिब ४:३० बजे पुतलीबजार नगरपालिका-२, अरौदी खोला किनारबाट उक्त ट्याक्टरलाई पक्राउ गरेको हो ।
प्रहरीलाई अरौदी खोलामा अवैध रूपमा नदीजन्य पदार्थको ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो । सोही सूचनाका आधारमा प्रहरीले ग. १ त. ४७९३ नम्बरको ट्याक्टरलाई गिट्टी लोड गरी ओसारपसार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
अहिले प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ १९:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय