Syangja Update Communication
मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 स्याङ्जा, २० भदौ २०८२ — मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवस २०८२ को अवसरमा आज स्याङ्जा जिल्लामा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, पुतलीबजार नगरपालिका र सामाजिक विकास कार्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा सयौंको सहभागिता रहेको थियो। प्रगतिनगरबाट सुरु भएको प्रभातफेरीले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी हुनुहुन्थ्यो। यसैगरी, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षता र जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दधिराम न्यौपानेको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख, जनप्रतिनिधि र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको पनि सहभागिता थियो। यस कार्यक्रमले मानव बेचबिखन विरुद्ध जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले बताए।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update