Syangja Update Communication
अवैध रुपमा ओसारपसार गरिएका Nike, Jordan जुत्ता र कुर्था बरामद


स्याङ्जा, २०८२ भदौ १८
स्याङ्जाको गल्याङ नगरपालिका–१, राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले अवैध रुपमा ओसारपसार गरिएको जुत्ता र कुर्था बरामद गरेको छ।
प्रहरीले सवारी साधनको नियमित जाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग. १ ज. ८५५९ नम्बरको ईभी भ्यानबाट बिलबिजक नभएका सामानहरु फेला पारेको हो। वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ६० जोर Nike र Jordan ब्रान्डका जुत्ता तथा ७५ थान कुर्थासरवाल बरामद गरेको छ।
बरामद गरिएका सामान र सवारी साधनलाई आवश्यक कानुनी प्रक्रियाका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update