Syangja Update Communication
स्याङ्जाको पुतलीबजारमा तास खेलिरहेका ५ जना पक्राउ


स्याङ्जाको पुतलीबजारमा तास खेलिरहेका ५ जना पक्राउ
स्याङ्जा: पुतलीबजार नगरपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नगदसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष टोलीले हिजो राति करिब ९:४५ बजे पुतलीबजार नगरपालिका वडा नम्बर १३, कुलबाँधस्थित प्रेमराज थापाको घरमा छापा मारेको थियो। गोप्य सूचनाको आधारमा गरिएको उक्त अप्रेशनमा पाँच जना व्यक्ति तास खेलिरहेको अवस्थामा फेला परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट ५२ पत्तीको एक बुक तास र नगद रु. ११,२७०/- (एघार हजार दुई सय सत्तरी) बरामद गरेको छ। पक्राउ पर्नेहरूमा पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४९ वर्षीय प्रेमराज थापा, ५३ वर्षीय हिम प्रसाद सार्की, ३१ वर्षीय राजु थापा, ३१ वर्षीय सन्देश थापा (जलिन्द्र थापा), र ३१ वर्षीय राजु थापा (रोविन थापा) रहेका छन्।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने तयारी भइरहेको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ००:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update