स्वास्थ्य चौकी तोडफोड गर्ने एकजना पक्राउ

स्याङ्जा, पुतलीबजार नगरपालिकास्थित चिरुवा आधारभूत स्वास्थ्य केन्द्र तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही नगरपालिका-२ का २२ वर्षीय राम किसन गुरुङ रहेका छन्।
प्रहरीका अनुसार, २०८२ भदौ ८ गते राति करिब ८ बजेको समयमा स्वास्थ्य केन्द्रको झ्याल, ढोका लगायतका संरचना तोडफोड भएको सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानकै क्रममा भदौ ९ गते गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउपछि गुरुङलाई आपराधिक उपद्रवको कसूरमा मुद्दा चलाइएको छ। थप अनुसन्धानका लागि उनलाई स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२ ००:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय