Syangja Update Communication
स्याङ्जामा लागू औषधसहित दुई जना पक्राउ

स्याङ्जामा लागू औषधसहित दुई जना पक्राउ

​स्याङ्जा । स्याङ्जाको गल्याङबाट प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। बुटवलबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा लागू औषध बरामद गरिएको हो।

​पक्राउ पर्नेमा कास्की, पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २३ वर्षीय साजन ठकुरी र २२ वर्षीय अर्जुन गुरुङ रहेका छन्।

​ वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाँच गरिरहेको थियो। सोही क्रममा लु. १ ख. ५४५१ नम्बरको बसमा सवार उनीहरूको साथबाट डाईजेपाम ३६ एम्पुल, नुफिन ३७ एम्पुल, र फेनेरागन ३७ एम्पुल गरी कुल ११० एम्पुल लागू औषध फेला परेको प्रहरीले जनाएको छ।

​प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई बरामद गरिएको लागू औषधसहित थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update