Syangja Update Communication
बिर्घाका आमा छोरा मृत भेटिए !

बिर्घाका आमा छोरा मृत भेटिए !

अर्पितको कानको मुन्द्रा र घाटीको मालाले आमाछोरा भएको आशंका पछि परिवारसहितको टोली कावासोति लाग्यो 
आयुष्मा काफ्ले /अकला संवाददाता
गत साउन २१ गतेदेखि बेपत्ता भएका कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २६ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डे मृत फेला परेका छन् ।

नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थित शिव मन्दिर नजिक नारायणी नदी किनारमा महिलाको शव फेला परेको छ। भने, करिब ३०० मिटरको दूरीमा मध्यबिन्दु नगरपालिका–१२ भूपु कासघारीमा बालकको शव भेटिएको बुझिएको छ । शव गलेको अवस्थामा भेटिएको छ ।

दुवै शवलाई कावासोति स्थित मध्यबिन्दु प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। कालीगण्डकी गाउँपालिका ४ वडा अध्यक्ष यादव पाण्डेका अनुसार मृतक बालकको कानको मुन्द्रा र घाँटीको मालाबाट पहिचान गरिएको हो। शवको थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न वडा अध्यक्ष पाण्डे लगायतको  श्यामकलाको परिवार स्याङ्जाबाट कावोसोती अस्पतालतर्फ हिडेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update