Syangja Update Communication
बिर्घाकी श्यामकला:-७ बर्षीय छोरालाई कालिगण्डकीमा फालेर, आफु  पनि हाम फालेको आशङ्का, प्रहरी द्वारा खोजी कार्य जारी

बिर्घाकी श्यामकला:-७ बर्षीय छोरालाई कालिगण्डकीमा फालेर, आफू पनि हाम फालेको आशङ्का, प्रहरी द्वारा खोजी कार्य जारी

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ बिर्घाकी श्यामकला पाण्डे मङलबार बिरामी भएको भन्दै उपचारको लागि मिर्मी जान्छु भनेर घरबाट हिडिन् । ७ बर्षीय छोरालाई साथमा लिएर घरबाट हिडेकी पाण्डे बुधबार दिउँसोदेखि कालीगण्डकी नदीमा बेपत्ता भएको हल्ला चल्यो । स्याङ्जास्थित कालीगण्डकी नदीको किनारमा  गुलाबी रङ्गको महिला ब्याग, मोबाइल फोन, एक जोडी महिलाको चप्पल र एक जोडी बच्चाको चप्पल देखेपछि उनै श्यामकला भएको अनुमान गरिएको छ ।
 पर्वत बिहादी ५ माइतीघर भइ कालीगण्डकी ४ बिर्घाकी श्यामकलाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको बुझिएको छ ।
अहिले घटनास्थलमा प्रहरी,स्थानीय जनप्रतिनिधि र मानिसहरुको भिडभाड सहित खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
यद्यपि प्रहरीले श्यामकला र उनका छोरा नै कालीगण्डकीमा हाम फालेको पुष्टि भने गरेको छैन्,तर घटनाक्रम लगायका कपडा,जुत्ता र चप्पलको अवस्थाले उनीहरू नै भएको र नदीमा हाम फालेको बलियो आशंका गरिएको स्थानीयले बताएका छन् ।
७ बर्षको अबोध  छोरोलाई कालीगण्डकीमा फालेर श्यामकला पनि हाम फाल्ने परिस्थितिमा कसरी पुगिन त्यो अनुसन्धानको बिषय हुनेछ । तथापि घटनाको पात्र र प्रहरीको पुष्टि नहुने बेलासम्म यहीँ भनेर दाबी गर्ने परिस्थिति भने नरहेको बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २२, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update