Syangja Update Communication
कावासोतीमा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते

"कावासोतीमा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते"

नवलपुर ,
 १८ साउन २०८२ [बसन्त न्यौपाने]
नवलपुरको कावासोतीमा आज साँझ यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।
कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस साँझ करिब ७ बजेतिर कावासोती–८ स्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

बसमा करिब ३० जना यात्रु सवार थिए। तीमध्ये १५ जना घाइते भएको र घाइतेहरूको उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र पुरानो मेडिकल कलेज भरतपुर, चितवन पठाइएको नवलपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा परेकामध्ये केहीको अवस्था सामान्य रहेको छ भने केहीलाई गम्भीर चोट लागेको प्रारम्भिक जानकारी आएको छ। तत्कालै उद्दार गरिएको र घाइतेको उपचारमा कुनै ढिलाइ नगरिएको प्रहरी स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार, घटनाको विस्तृत विवरण संकलन भइसकेको छैन। प्रारम्भिक अनुमानअनुसार बसको स्टेरिङ्ग फेल भएर दुर्घटना भएको बताइएको छ।

स्थानीय बासिन्दा, प्रहरी र ट्राफिक टोलीको सहकार्यमा तुरुन्त उद्धार गरिएको थियो। बस सडकबाट छेउतिर पल्टिएको अवस्थामा फेला परेको थियो।

हाल घटनास्थलमा थप अनुसन्धान भइरहेको र चालकसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको वास्तविक कारण र सम्भावित लापरवाहीबारे अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ।

प्रकाशित मिति: आइतबार, साउन १९, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update