Syangja Update Communication
कपिलवस्तुमा बस दुर्घटना, २८ यात्रु घाइते

कपिलवस्तुमा बस दुर्घटना, २८ यात्रु घाइते

कपिलवस्तु, असार २८ —बसन्त न्यौपाने 
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित बेलनदी नजिक यात्रुबाहक बस दुर्घटना हुँदा २८ जना भन्दा बढी यात्रु घाइते भएका छन्।

काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ००४५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट पल्टिएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका यात्रुहरूको चन्द्रौटा स्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ। अस्पताल स्रोतका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ भने अधिकांशको अवस्था सामान्य रहेको छ।

दुर्घटनाको कारणबारे हालसम्म ठोस जानकारी नआए पनि तीव्र गति र मोडको असावधानी संभावित कारण मानिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनापछि स्थानीयवासी र प्रहरीको सहकार्यमा उद्धार कार्य तुरुन्तै सम्पन्न गरिएको थियो।

सडक सुरक्षाका मापदण्ड पालना नगर्दा यस प्रकारका दुर्घटनाहरू दोहोरिरहेकाले सबै सवारी चालक र कम्पनीहरूले सावधानी अपनाउन आवश्यक देखिन्छ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update