
पाल्पाको तिनाउ–३, माथिल्लो सिद्धबाबा नजिकै पहिरोले लाग्दा श्रीमान् को मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । मृत्यु हुनेमा रामपुर नगरपालिका–६, का ३६ वर्षीय जनक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै सोही स्थानकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
मंगलबार बेलुकी ६.१५ बजेतिर बुटवलबाट पाल्पातर्फ आउने क्रममा तिनाउ गाउँपालिका–३, माथिलो शिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोले लु ५१ प ६६३३ नम्बरको मोटरसाइकललाई लागेको थियो ।
पहिरोले लागेर मोटरसाइकलमा सवार भण्डारी ३० मिटर तल उछिट्टिएकाे प्रहरी उपरीक्षक मल्लले बताउनुभयाे । घटनास्थलबाट उद्दार गरी लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएपनि भण्डारीकाे मृत्यु भइसकेकाे थियाे । चापागाईको उपचार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले साे क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेकाे छ । पानी परेकाे बेलामा जुनसुकै बेलामा पहिराे खस्ने भएकाले सिद्धार्थ राजमार्ग लगायत अन्य सहायक मार्गमा रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेकाे हाे ।