
मजदुर राई भन्छन् म माथि कुटपिट भयो,घर मालिक अर्याल भन्छन् - मलाई नसोधी मेरो घर कब्जा गरियो !
अकला संवाददाता
असार २३ गते राति वालिङ् ८ स्थित ८ का वडा सदस्य तोलाकान्त अर्यालको पुरानो घरमा हल्ला खल्ला भयो । हल्ला खल्ला र अपशब्द सहित चिच्याएको आवाज आएपछि नजिकै घर भएकि एकजना महिला उक्त घर बाहिर पुगिन । त्यहाँ पुग्दा उनलेे बताए अनुसार केही केटाहरू रक्सीको नशामा मस्त थिए । रक्सीको नशामा मस्त युवाहरूले वडा सदस्य अर्यालको घर बिना जानकारी प्रयोग गर्दै आएका थिए । मजदुरहरु बसेका छन् ठिकै छ,वडा सदस्य अर्याललाई धेरै चासो थिएन । तर सोमबार साझ हल्ला खल्ला मच्चिएपछि अर्यालका जेठा छोरा प्रकाश अर्याल आफ्नो पुरानो घर पुग्छन् । नजिकै रहेका दिदीबहिनीलाई अपशब्द प्रयोग गर्दै केटाहरूले चिच्याएपछि अर्यालले एउटा मजदुरलाई समातेर ४ झापड हान्छन् ।
त्यसपछि त्यो भिड तितरबितर हुन्छ । तर मङलबार एकजना राईथरका मजदुर घाइते भएको भन्दै पोखरा डिसचार्ज हुन्छन् ।
भने वडा प्रहरी कार्यलयमा उजुरी दर्ता गर्दै शान्ति सुरक्षा र ज्यानको सुरक्षा माग गरेका छन् ।
कसैको घर विना जानकारी कब्जा गरेजस्तो बस्ने र उल्टै रक्सी खाएर महिलामाथि अपशब्द बोल्ने मजदुर माथि कस्तो कारबाही हुन्छ त्यो एउटा बिषय छदैछ् भने घाइते भनिएका राजकुमार राइलाई वास्तविकता के भएको हो यसको पनि छानबिन हुन जरुरी छ ।
अर्याल निकट स्रोतका अनुसार केही झापड हानेको भएपनि रगत आउने गरी भने नकुटेको बताएका छन् । अर्याल निकट स्रोतले आफैं लडेर चोटपटक लागेको दाबी गरेको छ भने मजदुर निकट स्रोतले अर्यालले ४/५ जना केटाहरु ल्याएर कुटपिट गरेको दाबी गरेको छ ।
कुटपिट वा महिलामाथिको अपशब्दका मामिला त छदैछ यसलाई कतिपयले राजनीति रङ भर्ने प्रयास पनि गरिरहेको देखिन्छ ।
यद्यपि प्रकाश अर्यालले आफ्नो घरमाथि कब्जा जमाएर रक्सी पार्टी गर्ने मजदुर हुन वा डन उनीहरूलाई प्रहरी बोलाएर नियन्त्रणमा लिएको भए पनि हुने थियोे । तथापि महिलाहरु माथि अपशब्द बोल्दै झम्टिन खोजेपछि झापड हानेको स्विकार गरेका छन् । अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी निकट वालिङका व्यवसायी हुन ।