Syangja Update Communication
बोलेरो दुर्घटनामा २ को मृत्यु

बाेलेराे दुर्घटनामा २ काे मृत्यु 

 आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप सोमबार दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सवारी धनि बगनासकाली गाउँपालिका १ गाप्टुङ घर भई हाल बुटवल उप-महानगरपालिका ११ मझुवा बस्ने बर्ष अन्दाजी ४६ को बिनोद ढुङ्गाना र नाम वतन नखुलेको अन्दाजी ४०।४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।
त्यसैगरी सवारी चालक रुपन्देहीको बुटवल उप-महानगरपालिका ११ बस्ने ३० वर्षीय राजु खड्का अवस्था सिरियस रहेको र उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
आर्यभन्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको बोलेरो पिकअप दुर्घटना हुँदा तीन जना घाइते भएका थिए ।
घाईतेहरुलाई उद्दार गरी उपचारको लागि अस्पताल पठाएकोमा २ जनाको मृत्यु भएको छ भने राजु खड्काको अवस्था सिरीयस रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा बताएको छ ।
सवारी सडकदेखि अन्दाजी ३ सय मिटर तल खसेको छ । प्रहरीले सवारी दुर्घटनाको सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update