बागलुङमा सवारी दुर्घटना

बागलुङमा सवारी दुर्घटना ।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जीप शुक्रबार दिउँसो बतासेडाँडामा दुर्घटना हुँदा २ जना मृत्यु भएको हो ।
दुर्घटनामा परी १४ जना घाइते भएका छन् । जिप सडकदेखी अन्दाजी ६० मिटर तल खेतमा खस्दा १४ जना घाईते भएका हुन् । जीपमा १६ जना यात्रु सवार थिए । दुर्घटनाबारे थप विवरण आउन बाकी..
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०८२ १९:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय