
बुटवलमा सर्वपक्षीय अन्तरक्रिया सम्पन्न भएको छ । मुलुक सर्वाधिक सकंटमा छ । नयाँ ढंगले सोच्दै नयाँ समीकरण र अग्रगामी चेतनाका साथ देशलाई ध्रुवीकरण गरौँ । गणतन्त्र आफैंमा बेठीक होइन । कतिपय दलका नेताहरूले गणतन्त्रलाई भजाएर जनतालाई गुमराहमा राखे । जनताको माग,असन्तुष्टि र आक्रोश जाहेज छन् । जनअधिकार र जनअपेक्षालाई सम्बोधन गर्न इमानदार,राष्ट्रियता सहितको चिन्तन बोकेका र नेपाली समाजको वास्तविकता गहिरो गरि बुझेका सचेत राजनीतिक अगुवाहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।
देशको अर्थतन्त्र बलियो नभएसम्म मुलुक बन्दैन । त्यसको लागि आत्मनिर्भर अर्थतन्त्र बलियो बनाउनुको विकल्प छैन् । कृषि कर्मलाई ध्यान दिएर अगाडि बढौं । बांझा खेतबारी र खेतीयोग्य जमिनमा मौसम र माटो सुहाउँदो कर्म गरौँ ।
तसर्थ नयाँ ढंगले,नयाँ चिन्तन र चेतना सहितको दृष्टिकोण साथै योजना एवम् कार्यक्रम बनाएर नेपाली जनतालाई गोलबन्द गर्न जरुरी छ ।
यसका लागि इमानदार,राष्ट्रियताको सोच बोकेका र देशका लागि जस्तोसुकै त्याग र बलिदान गर्न सक्ने अग्रगामी युवा शक्तिहरु एकजुट हुन पर्छ ।
कार्यक्रम भब्य बनाउन सहयोग गर्ने सबै-सबैलाई धन्यवाद
व्यक्त गर्दछु ।
Netrabikram C Biplab
अडीग सी
Prakash Dumre
Dinesh Bikram Chand
Birendra Bk
Sharad Oli
Shiva Dumre