
गणतन्त्र दिवसको सन्दर्भमा बुटवलमा सर्वपक्षीय अन्तरक्रिया ।
गणतन्त्र,जनपक्षीय पत्रकारिता र कृष्णसेन इच्छुकको भुमिका बिषयक अन्तरक्रिया एवम् इच्छुक स्मृति पुरस्कार वितरण कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ ।
जनगर्जन मिडिया प्रालि र जनपत्रकार संगठन नेपालको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा नेकपाका महासचिव विप्लव,नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहाल,नेकपाका पिविएम एवम् रुपन्देही ईन्चार्ज वसन्त श्रेष्ठ,बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे,बुद्धिजीवी एवम् नागरिक नायक घनश्याम पाठक,,बरिस्ठ माक्र्सवादी लेखक दिल साहानी,राजनीति अगुवाहरु बामदेव क्षेत्री, प्रेम सुवेदी,तेजेन्द्र केसी,बुटवल उधोग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल,डा.बालकृष्ण चापागाईं,पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे,प्रगतिशील पत्रकार संघका अध्यक्ष श्याम पोख्रेल लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा जनपक्षीय पत्रकारितामा अतुलनीय भुमिका खेल्ने बरिस्ठ पत्रकार दिपक विश्वकर्मा र यानेन्द्र जिसीलाई सम्मान समेत गरिएको थियोे ।
कार्यक्रममा सहभागी हुने आदरणीय एवम् सहकर्मी व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दै,यो महत्त्वपूर्ण कार्यक्रममा विभिन्न ढंगले सहयोग पुर्याउने तथा समन्वय गर्ने सबैलाई धन्यवाद सहित आभार व्यक्त गर्दछौं ।
प्रकाश डुम्रे
संस्थापक अध्यक्ष
जनपत्रकार संगठन नेपाल एवम्
जनगर्जन मिडिया प्रालि