Syangja Update Communication
आदरणीय गुरु नरभुपाल गैह े हामी विच रहनु भएन ।

आदरणीय गुरु नरभुपाल गैह्रे हामी विच रहनु भएन ।

हाम्रो क्षेत्रका सयौं विधार्थीका आदरणीय गुरु,बौद्धिक एवम् सामाजिक व्यक्तित्व हाम्रा अभिभावक  नर भुपाल गैह्रे सरको आज दिउँसो असामयिक निधन भएको छ । आकस्मिक हर्टट्याकबाट उहालाई हामीले गुमाउनुपरेको छ । आदरणीय गुरुले वालिङ् १२ डाडाखर्कमा रहेको श्री चक्रदेवी विधालयमा पुर्‍याउनु भएको योगदानलाई सम्झिदा आज सिङ्गो वालिङ १२ एवम्  साविक सिर्सेकोट १ र २ वडा एवम् सोही क्षेत्र स्तब्ध र मर्माहत भएको छ ।
अस्वस्थताका संकेत देखिएपछि गह्रौ प्राथमिक अस्पतालमा प्राथमिक उपचार लगत्तै उहाँकै छोरा सुजनले उपचारको क्रममा पोखरा लैजाने क्रममा हेलु नजिकै आफ्नै काखमा बुबालाई गुमाएका छन् ।  यो दुखद् घडीमा  आदरणीय आमा लिलादेवी, दाजुभाइहरु पदम,सुजन,घनश्याम एवम् दिदीबहिनीहरु कृष्ण न्यौपाने,चोभा बस्याल,नैना पाण्डे,माया पाण्डे,गोमा काफ्ले र पार्वती डुम्रे लगायत परिवार एवम् आफन्तजनमा पर्न गएको शोकमा गहिरो समवेदना व्यक्त गर्दै दिंवगत आदरणीय गुरु नरभुपाल गैह्रे सर प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
साथै चक्रदेवी विधालय प्रति सरले गरेको विगतको योगदान र हाल सोही विधालयमा अध्यापनरत्त प्रिय भाइ (नरभुपाल सरका पुत्र) सुजनले गरिरहेको मेहनत प्रति उच्च सम्मान व्यक्त गर्दै प्यारो भाइ सुजन प्रति विशेष गहिरो समवेदना सहित पुनः सर प्रति अमिलो मन बनाउदै श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

प्रकाश डुम्रे 
अध्यक्ष 
विधालय व्यवस्थापन समिति 
श्री चक्रदेवी विधालय परिवार वालिङ् १२ स्याङ्जा 

नरभुपाल सर तपाईंको योगदान कहिल्यै भुल्ने छैनौं 🙏🙏😭

अल विदा आदरणीय गुरु🙏🙏🙏1000019568-1747840070.jpg

प्रकाशित मिति: बुधबार, जेठ ८, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update