Syangja Update Communication
रास्वपाको 'शिक्षा क्रान्ति': शिक्षकको परीक्षादेखि दलीय राजनीति मुक्त विद्यालयसम्मको खाका

रास्वपाकाे दुई तिहाईकाे सरकार पक्का भएकाे छ । अबकाे ८ दिनभित्र बनिसक्नेपनि एकिन छ । उसको घाेषणापत्र हेर्दा र शीर्ष नेतासँगकाे सम्वादपछि याे निश्कर्षमा पुग्न सकिन्छ । 

रास्वपा शिक्षा क्षेत्रमा व्यापक र आमूल सुधार ल्याउने योजना बनाउँदैछ । आजकाे शैक्षिक संरचना नै नरहन सक्छ । सबै शिक्षकलाई एकपटक आधारभूत परीक्षा लिने याेजनामा छ । बर्षाैं अघि स्थायी भएरपनि आधारभूत परीक्षा पास नहुनेलाई गाेल्डेन ह्याण्सेक मार्फत अग्रिम तलब दिएर बिदा गरिदिनेछ । त्यहाँ सक्षम र फ्रेश ल्याउनेछ । शिक्षक युनियन बन्द गरिदिनेछ । शैक्षिक शुल्क दर अधिकतम र न्युनतम सरकारले ताेक्नेछ । त्यसमा पढाउन नसक्नेले विद्यालय बन्द गर्नुपर्नेछ ।

मुख्यत: पार्टीले विश्वविद्यालय र विद्यालयहरूलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गर्ने, शिक्षक तथा प्राध्यापकहरूको सहयोगमा बालबालिकाका लागि आवश्यक अकुपेसनल, स्पीच र बिहेवियरल थेरापी सेवाहरू विद्यालय भित्रै उपलब्ध गराउनेछ । साथै शिक्षकहरूलाई उच्चस्तरीय तालिम, अभिभावक सहायता कार्यक्रम र कृत्रिम बुद्धिमत्ता आधारित ‘असिस्टिभ टेक्नोलोजी’ प्रयोग गरी अपाङ्ग बालबालिकाको शिक्षा सहज बनाउने योजना पनि छ।

रास्वपाले सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न आगामी दुई दशकमा उल्लेख्य लगानी गर्ने, निजी क्षेत्रको शिक्षा सार्वजनिक शिक्षासँग समन्वयमा सञ्चालन गर्ने, शुल्क संरचना, शिक्षक योग्यता, पूर्वाधार र शैक्षिक परिणामको आधारमा नियमन र अनुगमन प्रणाली सुदृढ गर्ने प्रतिबद्धता त घाेषणा पत्रमा नै जनाएको छ।

हरेक प्रदेशमा एक अत्याधुनिक नमुना समावेशी विद्यालय स्थापना गर्ने र देशभरका सबै विद्यालयलाई क्रमशः पहुँचयुक्त बनाउने योजना पनि वाचापत्रमा समावेश छ। शिक्षक नियुक्ति, पदोन्नति र मूल्याङ्कन प्रक्रियालाई पारदर्शी र मेरिट आधारित बनाउने, जुन अटाेमेटेड हुनेछ ।

सांस्कृतिक पुनर्जागरणका लागि गुरू–चेला परम्परामा आधारित छात्रवृत्ति र तालिम कार्यक्रम, उच्च शिक्षा पुनर्संरचना, विश्वविद्यालयहरूको स्वायत्तता, अनुसन्धान प्रवर्द्धन र रोजगारमुखी पाठ्यक्रम निर्माण, विदेशी विश्वविद्यालयसँग दीर्घकालीन साझेदारी, विदेशी विद्यार्थी र शिक्षकका लागि भिसा सहज बनाउने व्यवस्था र ट्रेड युनियन सुधार–खारेज गरी एउटामात्रै आधिकारिक युनियन स्थापना गर्ने योजनासमेत रास्वपाको वाचामा उल्लेख छ।

सभापति रवि लामिछाने ले आम नेपालीलाई भने, “हामीले वाचापत्र अनुसार काम गर्नेछौँ। विधिको शासन कायम गर्दै देशको शिक्षा, बेरोजगारी, स्वास्थ्य, सिंचाइ, अलपत्र ठेक्का व्यवस्थापनमा सुधार ल्याउनेछौँ।”

रास्वपाले शिक्षालाई सेवामुखी क्षेत्रका रूपमा व्यवस्थित गर्दै समान अवसर, पारदर्शिता र सामाजिक उत्तरदायित्व सुनिश्चित गर्ने आफ्नो लक्ष्य दोहोर्याएको छ।
साथै कर्मचारी संरचना र कार्यालय सञ्चालन प्रक्रियामा आमूल रुपान्तरण गर्नेछ । अहिलेका पदहरु नै, अहिले जस्तै दर्तादेखि ताेक, टिप्पणी, सदर, निर्णय नहुने रास्वपा नेता गणेश पराजुली बताउँछन् । नागरिकले सास्ती खेपिरहेका छन् एउटै कागज एउटै व्यक्तिलाई फनफन घुमिरहेकाे छ । नागरिकले एउटा डेक्समा कागज दिन्छन् । लाग्ने समय कति हाे डेक्सले ताेक्नुपर्छ । त्याे समयमा काम पूरा भएर डेक्समा नै जानकारी वा नागरिकले पाउने कागज प्रमाण आइसक्नुपर्छ । भित्र काे कहाँ छन् ढाेका ढक्ढक्याउँदै नागरिक पुग्दैनन् । एउटा व्यक्ति छैन भने काम राेकिदैन । उ कुर्सीबाट उठेकाे सेन्सरले देखाउँछ उसकाे अधिकार उ भन्दा तल्लाे तह वा समान तहकाे अर्काेलाई सरीहाल्छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update