संवाददाता
स्याङ्जाको निर्वाचन क्षेत्र २ मा २०४६ यता बनेका सबै दलहरुबाट उम्मेदवारहरु मध्यमा सर्वाधिक कमजोर कार्यक्षमता भएका उम्मेदवारहरु विच प्रतिस्पर्धा हुदैछ । विभिन्न पार्टीबाट उम्मेदवार बनेकाहरु लाई चुनावी मुखमा विभिन्न ढंगले फुल बुट्टा भरेर प्रचारप्रसार गरिएता पनि ऐतिहासिक पृष्ठभूमि,सामाजिक योगदान,सम्भावित कार्यक्षमता एवम् व्यक्तित्व र केन्द्रीय पहुँचका हिसाबले सर्वाधिक कमजोर उम्मेदवारका रुपमा रहेका छन् । यश अगाडि उम्मेदवार बनेर चुनाव जितेको गोपालमान श्रेष्ठ,धनराज गुरुङ,पद्मा कुमारी अर्याल तत्कालीन सरकारको किचन देखि क्याविनेटसम्म प्रभाव राख्ने भुमिकामा देखिन्थे,उक्त समयमा उनीहरूको पहुँच र भुमिकाले समेत असन्तुष्ट स्याङ्जाका जनता श्रेष्ठ,गुरुङ र अर्याल प्रति अझै बढी आक्रोसित र असन्तुष्ट देखिएका छन् ।तर अहिले चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु संघीय भुमिका, सिंहदरबारको पहुँच र कर्मचारीतन्त्रमा एक्सेसको हिसाबले
कमजोर मानिन्छन् । दलका कार्यकर्तालाई आफ्नो उम्मेदवार बाघ जस्तो बनाएर प्रचारप्रसार गर्ने बाध्यता हुनसक्छ तर नागरिक मनोविज्ञान र समाजप्रतिको ऐतिहासिकताका हिसाबले उम्मेदवारहरु बाघ होइनन् रङ दलेको दुम्सी जस्तै देखिन्छन् ।
स्याङ्जाका पुर्व दिवंगत सांसद कमल पंगेनी अर्थमन्त्रालय पुग्दा त्यहाँका कर्मचारीले स्याङ्जाको सांसद आए अब टेबुल ठोक्छन् भन्ने सन्त्रांस सिंहदरबारमा थियोे । तर हाल उम्मेदवार बनेका सबै दलका उम्मेदवारको व्यक्तित्व सशक्त र जुझारु देखिदैन । तसर्थ स्याङ्जा २ ले एउटा सांसद त पक्कै पाउला तर सशक्त,गतिशील,जुझारु र सक्षम जनप्रतिनिधि यो पटक पनि नपाउने निश्चित छ ।
यति भन्दा अहिल्यै अनुमान गर्ने बेला भएको छैन भनिन्छ तर समाजका लागि खेलेको भुमिका र कार्यक्षमताको नाडी छाम्दा ०४६ यताका सर्वाधिक कमजोर क्षमताका उम्मेदवारहरु स्याङ्जा २ मा प्रतिस्पर्धामा रहेको निश्चित छ । जुन कुरा आगामी ५ बर्षमा नै प्रमाणित हुनेछ ।


