Syangja Update Communication
स्याङ्जा २ को चुनावी चित्र: कार्यकर्तालाई 'बाघ' लागेका उम्मेदवार, जनताको नजरमा 'बिरालो'!"

वालिङ् 
        स्याङ्जाको निर्वाचन क्षेत्र २ मा निर्वाचनको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । स्याङ्जाको चापाकोटमा पछिल्लो माहोल अध्यन गर्दा नेपाली काङ्ग्रेस थप मजबुत बन्दै गएको देखिन्छ । स्थानीय उम्मेदवार समेत रहेकाले काङ्ग्रेस बलियो देखिएको हो । यस्तै  एमालेले पुरानो बिरासत जोगाउन प्रयत्न गरेको देखिन्छ । भने एमालेले केही जनजाति बस्तीबाट मत थप्ने आकलन गरिएको छ काङ्ग्रेस र एमाले भित्रको असन्तुष्ट मत रास्वपामा जानेछ् । यस्तै  नेकपाले पुरानो जनमत र केही जातीय मत बढाउने सम्भावना देखिन्छ । भने हिन्दूराष्ट्रको अभियान लिएको राप्रपाले समेत चापाकोट क्षेत्रमा आधारभूत प्रभाव राख्नेछ । यस्तै स्याङ्जाको कालीगण्डकीमा एमालेको बलियो प्रभाव देखिन्छ ।
स्थानीय उम्मेदवार समेत रहेकोले बढी मत एमालेका उम्मेदवारका पक्षमा पर्ने आंकलन गरिएको छ भने नेकपा र जनमुक्तिको उम्मेदवार समेत कालीगण्डकी भित्रबाट रहेकोले मत बढी यताउता हुन सक्ने देखिन्छ । यद्यपि काङ्ग्रेसको पुरानो प्रभाव क्षेत्र र काङ्ग्रेस उम्मेदवार पुर्व प्रदेश सभा सदस्य भएकोले समेत उनको प्रभाव तुलनात्मक ढंगले राम्रो देखिन्छ ।  कालीगण्डकीमा रास्वपाको समेत सन्तुलित प्रभाव देखिन्छ । पुराना दलहरू संग असन्तुष्टि पंक्तिले रास्वपामा मतदान गर्ने देखिन्छ । कालीगण्डकी र चापाकोटमा फरक फरक पार्टीका स्थानीय उम्मेदवार भएकोले तुलनात्मक ढंगले रास्वपामा कम मत जाने सम्भावना देखिन्छ ।
यता गल्याङमा काङ्ग्रेस र एमाले अगाडि देखिन्छन् भने रास्वपाले समेत बलियो प्रभाव कायमै राखेको देखिन्छ । गल्याङका केही गाउँमा नेकपा र राप्रपाको समेत प्रभाव देखिन्छ ।
यद्यपि अहिलेसम्म गल्याङमा पहिलो एमाले,दोस्रो काङ्ग्रेस,तेस्रो रास्वपाको प्रभाव देखिन्छ । गल्याङ क्षेत्रमा कतिपय गाउँमा राप्रपाको समेत उपस्थिति देखिन्छ् । पुर्व मेयर भुपराज अधिकारीको अभ्यास र जनजाति बस्तीको प्रभावले एमालेले थप बलियो बन्ने आकलन गरेको देखिन्छ भने मालुङा र पेलाकोट क्षेत्रमा रास्वपाले प्रभाव बढाएको छ ।
यस्तै स्याङ्जाको वालिङमा रास्वपाको सबैभन्दा राम्रो प्रभाव देखिन्छ । वालिङ् क्षेत्रबाट स्थानीय उम्मेदवार अन्य पार्टी बाट नहुनुले पनि यसले रास्वपालाई  थप मद्दत पुगेको देखिन्छ । काङ्ग्रेस बाट वालिङ् १४ का  बिष्णु पौडेल उम्मेदवार बनेको भए रास्वपालाई थप चुनौती देखिन्थ्यो तर त्यो अवस्था नरहेकाले रास्वपालाई केही सहज देखिन्छ् । अहिलेसम्म वालिङ्का केही वडामा रास्वपाले प्रभाव बढाएको छ । तर वालिङमा एमाले काङ्ग्रेसका पुराना नेताहरू र स्थानीय ढंगले प्रभावशाली बनेका पुर्व मेयर दिलिप प्रताप खांण लगायतको टिम काङ्ग्रेसको अभियानमा जोडिएर सक्रियता पुर्वक लाग्दा  रास्वपालाई अहिलेको जस्तो माहोल बचाई राख्न थप चुनौती बढ्ने देखिन्छ । वालिङमा नेकपाको समेत तुलनात्मक ढंगले राम्रै  उपस्थिति देखिन्छ,नेकपाको पुरानो मत र समाजवादीको केही माहोलले सकारात्मक मत थप हुने देखिन्छ । स्याङ्जा २ विप्लव माओवादीको समेत केही ठाउँमा प्रभाव देखिन्छ, स्याङ्जा दुईमा प्रत्यक्ष उम्मेदवार नभए पनि समानुपातिक उम्मेदवार र उनीहरूको सहभागीताले समेत केही मत यताउता हुन सक्नेछ । जातीय र क्षेत्रीय ढंगले नेशनल रिपब्लिक पार्टी र मङ्गोल नेशनल अर्गनाइजेसनको समेत उपस्थित बलियो रहने  देखिन्छ ।  राप्रपाका उम्मेदवार समेत वालिङ क्षेत्रमा युवाहरू विच तुलनात्मक ढंगले स्थापित देखिन्छन्,यश ढंगले केही मत राप्रपा तर्फ समेत पर्न सक्ने सम्भावना बलियो देखिन्छ ।
यता भीरकोटमा मनोनयन दर्ता अगाडिसम्म रास्वपाको माहोल राम्रो थियोे तर पछिल्लो समय काङ्ग्रेस र एमाले गाउँ गाउँमा छिरेपछि कतिपय रास्वपामा खुलेका सदस्यहरु निष्क्रिय भएको देखिन्छ । तथापि भीरकोटमा काङ्ग्रेस पछाडि रास्वपाको अवस्था दोस्रो रहेको छ । राष्ट्रिय माहोलले रास्वपाको उपस्थिति जबर्जस्त बलियो बनेपनि पुराना पार्टीका प्रभावक्षेत्र छिर्न रास्वपालाई चुनौती भईरहेको छ ।
०६४ मा देशभर माओवादीको प्रभाव र १२० सिटमा विजयी भएको खण्डमा समेत स्याङ्जामा  काङ्ग्रेस एमालेको संरचना भत्काउन कठिन भएको थियोे । तर्सथ रास्वपाले मजबुत योजना र प्रभावकारी उपस्थिति  कायम नगरेको खण्डमा स्थिति सहज भने देखिदैन ।यद्यपि रास्वपा आक्रामक तयारीमा देखिन्छ भने एमाले कम हल्ला र आन्तरिक रणनीति बलियो बनाउने खेलमा बुझिन्छ । काङ्ग्रेसले कालीगण्डकी र वालिङमा काङ्ग्रेसको मत जोगाउन सके जित आफ्नो भएको दाबी गरिरहेको छ । 
पछिल्लो समय मतदाताहरुमा भिन्न बुझाई र परिवर्तित अवस्थाले माहोल रातारात कता सोजिन्छ्,त्यो भने अहिल्यै भन्ने सक्ने अवस्था 
छैन् । चुनावी माहोलमा सबै पार्टीका उम्मेदवार,कार्यकर्ता तथा  समर्थकहरुले आफ्नो पक्षमा जनमत बढेको जस्तो  अनुभुती गरेपनि 
जनताको मत मनोविज्ञान भने एकदम फरक देखिन्छ ।चुनाव बारे पार्टीका उम्मेदवार र कार्यकर्तामा उत्साह जागेपनि  जनतामा भने कुनै चुनावी उत्साह छैन् । जसले जिते पनि आफ्नो दुख उस्तै हो । सबै उही जोगी हुन । चुनावका बेलामा भोट माग्न नमस्कार गर्दै घरघरमा र खेतबारीमा पुगेपनि चुनाव जितेपछि केही गर्दैनन् भन्ने मा जनता  आजित छन् । तुलनात्मक ढंगले स्याङ्जा २ मा सबै पार्टीबाट  बनेका उम्मेदवारहरु कमजोर क्षमता र राज्य संयन्त्र परिचालन गरेर नागरिकका समस्या समाधान गर्न सक्छन् भन्ने स्वभाव,शैली,अनुभव र प्रस्तुति भने निकै फितलो देखिन्छ ।
तर चुनावमा कार्यकर्ताहरुले आफ्नो उम्मेदवार बिरालो भएपनि बाघ हो भनेर प्रचारप्रसार गर्ने र अनावश्यक फुल बुट्टा भर्ने प्रवृत्ती भने पुरानै संस्कार हो ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update