संवाददाता
निजी स्तरबाट सञ्चालित बुटबल पावर कम्पनी लिमिटेडको गम्भीर लापरबाहीले एकजना उपभोक्ता हस्पिटलको शैयामा पुगेका छन् ।
भीरकोट ६ का ५६ बर्षिय मनि खनाल घर नजिकै रहेको डाले घाँस काट्न रुख चढ्छन् । बिविसिको जोखिमपूर्ण र अस्तव्यस्त करेन्ट सहितको बिजुलीको तार वितरणले रूखको घाँस काट्ने क्रममा रूखमा करेन्ट प्रवाह भै करेन्ट लाग्दा,घाइते खनाललाई तुरुन्तै अस्पताल लगिन्छ् । संयोग खनालले ज्यान जोगाउने कसरत गर्छन् र कुनै अप्रिय घटना घटन् पाउदैन । गत शनिबार दिउँसो भएको दुर्घटनामा खनालको दाहिने खुट्टामा र अन्य भागमा समेत करेन्टले जलेर गम्भीर चोट लागेको छ। भीरकोट नगर अस्पतालमा प्राथमिक उपचार गरि उहाँलाई थप उपचारका लागि पोखरा गण्डकी मेडिकल कलेज लगिएको थियो। खुट्टा आंशिक रूपमा जलेको हुँदा थप उपचारका लागि उहाँलाई किर्तिपुर अस्पताल , काठमाडौं लगिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। दुर्घटना पछि परिवार सम्बद्ध स्रोतले कम्पनीलाई खबर गर्छन् तर कम्पनीले अस्वभाविक जवाफ दिन्छ । यो हाम्रो मामिला होइन । तपाईंले कसले भनेर रुखले चढेको हो ? उल्टो प्रश्न गर्छन् । तर स्थानीयले पटकपटक बिजुली लाईन प्रवाह भएको तार नजिकैको रुखहरु काट्न अनुरोध गरेपनि अटेरी गरेको बताउछन् ।
अधिक मुल्य बढाएर सर्वसाधारणलाई बिजुलीको धराप थाप्ने बुटवल पावर कम्पनीको लापरबाहीका बिषयमा कसैलाई चासो र मतलव छैन् । जनताको अधिकार र सुरक्षाको दुहाई दिदै चुनाव प्रचारप्रसारमा चर्को स्पिकर बजाएर नाचगान गरिरहेका दलहरू समेत आफ्ना मतदाता जलेर अस्पतालका शैयामा पुग्दा कुनै सरोकार राख्दैनन् ।कतिपय राजनीति दलका नेताहरू त बिपिसीले मुल्य बढाउ्छ घरमा पाउर काढेर बस्छन् ।
खनालको घटनाको बिषयमा अकला आवाजले बुटवल पावर कम्पनीका सञ्चालन संग ध्यानाकर्षण गराउदा मानवीय ढंगले केही राहत उपलब्ध गराउने प्रयत्न गर्ने बताए । गाउँ गाउँमा पार्टी संगठन विस्तार,चुनावी प्रचारप्रसार र पार्टी सदस्यता नवीकरण गर्न पुग्ने दलका नेताहरू भने मतदाता कुनै नाफादायक कम्पनीको लापरबाहीले जलेर अस्पताल पुग्दा समेत कुनै वास्ता गरेको देखिदैन ।


