Syangja Update Communication
वडा अध्यक्ष न्यौपाने द्वारा जग्गा फिर्ता,अख्तियारले बढाउदै छानबिन


 संवाददाता 
       स्याङ्जाको गल्याङ नगरपालिका वडा ४ का वडा अध्यक्ष ढाकाराम न्यौपानेले जग्गा फिर्ता गरेका छन् । स्थानीय ८८ बर्षिय वृद्ध महिला धन कुमारी न्यौपानेको जग्गा आफ्नो नाममा षड्यन्त्रपुर्वक पास गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना र विरोध भएको थियोे । अध्यक्ष न्यौपानेले पुस ९ गते  बुधबार मालपोत कार्यलय वालिङ् गई आफ्नो नाममा रहेको उक्त जग्गा जग्गाका मुख्य दाबी कर्ता तथा  धनकुमारीका वास्तविक हकवाला देवी प्रसाद न्यौपानेलाई किता ४६ को जग्गा फिर्ता गरेका हुन । उक्त बिषयमा अकला आवाजले समाचार प्रकाशित गरेको थियोे । जग्गा फिर्ताको सुचना आएपछि उक्त बिषयमा प्रतिक्रिया लिन खोज्दा अकला साप्ताहिकले गरेको टेलिफोन अध्यक्ष न्यौपानेले उठाएनन् ।

वडा अध्यक्षले मनपरि गर्दै सम्पत्ति हत्याएको दाबी गर्दै देवी प्रसाद  सहितको एउटा समुह उक्त बिषयमा छानबिन माग गर्दै सरोकारवाला निकायलाई ध्यानाकर्षण समेत गराएका थिए ।

साविक निबुवाखर्क ७ हालको गल्याङ नगरपालिका वडा नम्बर ४ मा रहेको पुर्व प्रधानपञ्च दामोदर न्यौपानेको श्रीमतीको नाममा रहेको जग्गा उनकी श्रीमतीले वडा कार्यलय सहित राधाकृष्ण धाम बनाउने भन्दै वडा कार्यलयको नाममा जग्गा दिएको अर्को कित्ता भने गल्याङ नगरपालिकाको नाममा कायमै रहेको वालिङ मालपोत सम्बद्ध स्रोतले जनाएको छ । यता उक्त कार्य शंकास्पद रहेको भन्दै वडा अध्यक्ष न्यौपाने र मालपोत कार्यलयका कर्मचारीलाई समेत अख्तियार स्रोतले छानबिनको घेरामा राखेको बुझिएको छ । स्रोतका अनुसार हकवालालाई ३५ दिने सुचना समेत जारी नगरी जग्गा पास गर्नुमा मालपोत कार्यलयको समेत शंकास्पद भुमिका रहेको सम्बद्ध स्रोतले अनुमान गरेको बुझिएको छ । वडा अध्यक्ष न्यौपानेले भने आफू विरुद्ध योजनाबद्ध षड्यन्त्र गरिएको दाबी गरिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update