Syangja Update Communication
सत्तारुढ दलका दुई नगर प्रमुखले अभिभावकको भूमिका खेल्न नसकेकै हुन् त

शनिबार (आज) देखि वालिङ् नगरपालिकाको आयोजनामा झन्डै ६० जना भन्दा धेरैको जम्बो टोली भारत भारत भ्रमणमा जादैछ् ।

जम्बो टोली ५ दिने लामो भारत भ्रमणमा जाने बिषयमा वालिङ क्षेत्रका नागरिकहरुले चर्को विरोध जनाएका छन् । तर सोही भ्रमणमा सत्तारूढ दलका दुई नगर प्रमुख नेत्र प्रसाद पाण्डे र शोभाकान्त पौडेल पनि भ्रमणमा जाने तयारी गरेको बुझिएको छ ।

नगर नेतृत्व तथा आफ्नो दल सम्बद्ध जनप्रतिनिधिको भुमिका र शैलीमा नियमन गर्ने,उचित सल्लाह दिने र नागरिकको स्वरलाई सम्बोधन गर्दै  नगर सरकारका गलत निर्णयलाई रोक्ने भुमिका पुरा गर्लान् भन्ने दुई नेतृत्व उल्टो संगै भ्रमण जाने बिषयले पाण्डे र पौडेलको आशालाग्दो नेतृत्व माथि समेत प्रश्न उठेको छ ।

झण्डै तीन बर्ष  अपेक्षित लयमा नचलेको नगरपालिकालाई पालिकाका दुई निर्णायक शक्ति नेपाली काङ्ग्रेस र नेकपा एमालेका मुख्य नेताहरूको भुमिका समेत त्यति धेरै सुखद् र सकारात्मक नरहेको देखिन्छ् । कृषि र जडिबुटीका बिषयमा अध्यन गर्न भन्दै जान लागेको भ्रमणमा यति ठुलो जम्बो टोली जाने बिषयमा सर्वत्र विरोध भईरहेको छ ।

०८२ सालको बार्षिक कार्यक्रम तथा योजना समेत अहिलेसम्म तयार गर्न सकेको छैन । चानचुन ९२ करोडको बजेटमा झण्डै २५ करोड घाटा बजेट थपेर झण्डै  सबा अर्बको बजेट बनाउदा उल्टो योजनागत्त बजेट अहिलेसम्म अलपत्र अवस्थामा पुगेको छ ।

यस्तो अवस्थामा सत्तारूढ दलका दुई निर्णायक नेताहरूले चासो नदेखाएका हुन कि जिम्मेवारी पूरा गर्न नसकेका हुन प्रश्न खडा भएको छ । अस्वभाविक भारत भ्रमणका बिषयमा असहमति दर्ज गर्दै जम्बो टोली सहित भारत नजादा दुई प्रमुख  नेताको नैतिक मुल्य थोरै भएपनि बच्ने थियोे कि ?

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update