वर्तमान राजनीतिक संकट र निकास बिषयक अन्तरक्रिया कार्यक्रम भर्खरै बुटवलमा सुरु

वर्तमान राजनीतिक संकट र निकास बिषयक अन्तरक्रिया कार्यक्रम भर्खरै बुटवलमा सुरु भएको छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, बुद्धिजीवी, नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरूको उपस्थिति रहेको छ। कार्यक्रमको मुख्य उद्देश्य नेपालको हालको राजनीतिक संकटका कारणहरू पहिचान गर्नु र त्यसबाट बाहिर निस्कने उपायबारे छलफल गर्नु रहेको छ।
कार्यक्रममा सहभागीहरूले देशको वर्तमान अवस्था, राजनीतिक अस्थिरताका कारण र यसले पारेको असरबारे आ-आफ्नो धारणा राखिरहेका छन्।
कार्यक्रमको अन्तमा यस छलफलबाट प्राप्त निचोडलाई समेटेर एक प्रतिवेदन तयार गरिने र त्यसलाई सम्बन्धित निकायमा पेश गरिने आयोजकले जानकारी दिएका छन्।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२ १४:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय