Syangja Update Communication
स्याङ्जाको मिर्मि नजिकै भएको दुर्घटनामा घाइते भएकाहरु विवरण

स्याङ्जाको मिर्मि नजिकै भएको दुर्घटनामा घाइते भएकाहरु विवरण 
यश प्रकार छ ।

मिति २०८२/०५/०८ गते दिउँसो अन्दाजी १३:०० बजेको समयमा जिल्ला स्याङजा कालिगण्डकी गाउँपालिका वडा नम्बर -०७ आरुखर्क स्थित जिरो-मिर्मी भित्री पक्की सडक खण्डमा गल्याङबाट मिर्मीतर्फ जाँदै गरेको लु. १ ज. ३१७४ नम्बरको बोलेरो (डबल क्याप) जिप सडक देखि अन्दाजी २५ मिटर तल खस्दा जिपमा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भइ उपचारको लागि कालिगण्डकी अस्पताल मिर्मी स्याङजा पठाईएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जयपते र  प्र.चौ बिर्घा स्याङजाबाट प्रहरी टोली  खटिइ गएको, २० जना घाईतेमध्ये १२ (वाह्र) जना महिला र ८ (आठ) जना पुरूष रहेको खुलेको जसमध्ये २ (दुई ) जना वालवालिका रहेको, दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको ।
निम्न घाईतेहरूको विवरण:-
१) गाडि चालक जिल्ला स्याङजा गल्याङ न.पा. ७ चोक बस्ने वर्ष ३७ को लोक बहादुर सिंजाली- दाँया खुट्टामा चोट, अवस्था सामान्य    ।
२) जिल्ला स्याङजा कालिगण्डकी गाउँपालिका वडा नम्बर-०४ बलाम बस्ने वर्ष ३५ कि यमकला पाण्डे -दायाँ खुट्टा,टाउको, चोट अवस्था मध्यम ।
३) ऐ. कालिगण्डकी गा.पा. ६ बस्ने वर्ष ४५ कि नरमायाँ चुहान- अनुहारमा, बायाँ हातमा चोट, अवस्था मध्यम ।
४) ऐ. कालिगण्डकी गा.पा. ४ बस्ने वर्ष ४२ कि रुपमायाँ राना- शरिरमा भित्रीचोट, अवस्था मध्यम ।
५) ऐ.कालिगण्डकी गा.पा. ४ बस्ने रुप मायाँ रानाको छोरा वर्ष १० को रुपम राना- दायाँ हातमा चोट, अवस्था मध्यम ।
६) ऐ. कालिगण्डकी गा.पा. २ बस्ने  वर्ष १९ कि लक्ष्मी थापा- अनुहारमा चोट, अवस्था मध्यम ।
७) ऐ. कालिगण्डकी गा.पा.  ९ बस्ने वर्ष २७ को शक्ती भट्टराई- टाउको दायाँ खुट्टामा चोट, अवस्था मध्यम ।
८) ऐ. कालिगण्डकी गा.पा. २  कोटाकोट बस्ने वर्ष १९ कि कृष्ण राना- अनुहारमा,दायाँ खुट्टामा  चोट, अवस्था मध्यम 
९) जिल्ला पाल्पा तिनाउ गा.पा ३ बस्ने वर्ष २५ कि सुस्मा सुनार- बाहिरी चोट नभएको, अवस्था सामान्य ।
१०) जिल्ला पाल्पा तिनाउ गा.पा ३ बस्ने वर्ष २९ कि अप्सरा सुनार टाउ- पेटमा भित्री चोट, अवस्था मध्यम ।
११) जिल्ला स्याङजा वालिङ न.पा. ८ बस्ने वर्ष २९ कि जानुका भण्डारी- शरीरमा भित्री चोट, अवस्था सामान्य ।
१२) जिल्ला स्याङजा वालिङ न.पा. ८  बस्ने जानुका भण्डारी को छोरी वर्ष ७ कि आरोही भण्डारी- वाँया खुट्टामा चोट, अवस्था मध्यम ।
१३) वालिङ न.पा. १४ बस्ने वर्ष १९ कि तुलसा डुम्रे- वायाँ हातमा चोट, अवस्था सामान्य ।
१४) जिल्ला गुल्मी कालिगण्डकी गा.पा. १ बस्ने वर्ष ६० को तारापती पाण्डे- टाउकोमा चोट, अवस्था मध्यम ।
१५) जिल्ला स्याङजा गल्याङ न.पा. ११ बस्ने वर्ष २० को रबिन परियार- बाहिरी चोट नभएको,  सामान्य ।
१६) ऐ.कालिगण्डकी गा.पा. २ बस्ने वर्ष २५ को पुर्ण बहादुर राना- बाहिरी चोट नभएको,  सामान्य । 
१७) ऐ. कालिगण्डकी गा.पा. ७ बस्ने वर्ष ६४ को शालिकराम पाण्डे- टाउको,छाटी र बायाँ खुट्टामा भित्री चोट, अवस्था मध्यम ।
१८) जिल्ला स्याङजा वालिङ न.पा. १४ बस्ने बर्ष ३९ की उमा डुम्रे- शरीर बाजारिएको अवस्था सामान्य ।
१९) जिल्ला स्याङजा गल्याङ न.पा ४ कुरुङचे बस्ने बर्ष २५ की बिष्णु मायाँ- न्यौपाने ढाडमा भित्री चोट अवस्था सामान्य ।
२०)  ऐ. ९ तिरडाँडा बस्ने वर्ष ४२ की रेनुका खनाल- दाँया हात र छाती मा भित्री चोट अवस्था मध्यम ।
स्रोत-जिल्ला प्रहरी कार्यलय स्याङ्जा

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update