Syangja Update Communication
वालिङमा अब हरेक शनिबार पनि पसल खुल्ने


वालिङ, भाद्र ६ - चाडपर्वको अवसरमा उपभोक्तालाई सुविधा दिनका लागि वालिङ उद्योग वाणिज्य संघले एक विशेष निर्णय गरेको छ। संघले विगतदेखि हरेक शनिबार गर्दै आएको पसल बन्दलाई हाललाई स्थगित गर्दै भाद्र ७ गतेदेखि आगामी कार्तिक १५ गतेसम्म शनिबार पनि पसल तथा व्यवसाय खुला राख्न सबै उद्योगी, व्यापारी र व्यवसायीलाई अनुरोध गरेको छ।
चाडपर्वको समयमा किनमेल गर्नेहरूको भीडभाड बढ्ने हुँदा ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो निर्णय लिइएको संघले जनाएको छ। यसअघि वालिङका पसलहरू हरेक शनिबार बन्द रहने गर्थे। यो निर्णयले स्थानीय उपभोक्ताहरूलाई किनमेल गर्न थप सहज हुने विश्वास गरिएको छ।
यसको जानकारी वालिङ उद्योग वाणिज्य संघले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो। यस अवधिभर सबै व्यवसायीहरूलाई आफ्नो व्यवसाय खुला राखी सेवा दिनका लागि पनि संघले आग्रह गरेको छ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update