
पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) "निजि सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाईने छैन", दफा १२ (१) "कुनै प्रयोजनको लागि दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ती प्रयोग गर्न पाईनेछैन" भन्ने ऐनमा भएको व्यवस्थालाई संविधानको धारा ५७ को उपधारा ३ को (५) मा भएको व्यवस्था वमोजिम संघिय कानुन सँग बाझिएको हकमा स्वतः खारेज हुने स्पष्ट व्यवस्थाको नजर अन्दाज गर्दै गण्डकी प्रदेश सरकारले दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे रातो नम्बर प्लेटका निजी सवारी साधन द्वारा सार्वजनिक सवारी साधनले सरह यात्रु ओसार पसार गर्ने गरि मिति २०८२।०१।३१ गते निर्णय भई राजपत्रमा सूचना प्रकाशन गरेको प्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकिकृत यातायात मजदुर संगठन बाध्य भई आन्दोलनमा जानुपर्ने अवस्था सृजना भएको हुँदा सार्वजनिक यातायात बचाउ संघर्ष समिति-२०८२, गण्डकी प्रदेशको आह्वानमा मिति २०८२ जेष्ठ १६ गते बाट गण्डकी प्रदेशमा र २०८२ जेष्ठ १९ गतेबाट नेपाल भर सार्वजनिक सवारी साधन बन्द हुने बारेमा सार्वजनिक यातायात बचाउ केन्द्रिय संघष समिति-२०८२ को प्रेष विज्ञप्ती मार्फत जानकारी गरिएकोले उक्त आन्दोलनमा एक्यबद्वता प्रकट गरि यस कम्पनीबाट संचालन हुने सम्पूर्ण सवारी साधनहरु घर ग्यारेजमा राखि आन्दोलनमा सहयोग गर्न अनुरोध गर्दै मिति २०८२ जेष्ठ १५ गतेको नियमित क्यूमा संचालन हुने सेवाहरु स्वच्छिक गरिने र बाहिरबाट गण्डकी प्रदेशभित्र क्यूमा फर्कने गाडीहरु मिति २०८२ जेष्ठ १६ गते सबेरै आ-आफ्नो घर ग्यारेजमा राख्नुहुन सम्बन्धीत सम्पूर्ण शेयर सदस्य, संचालक सदस्य तथा बस स्टाफ एवं कर्मचारीहरुको जानकारी एवं कार्यान्वयनका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा निर्देशानुसार जानकारी गरेको समितिका वालिङ क्षेत्र का अगुवा विमल अर्यालले बताए ।
समितिले तल उल्लखित विभागहरुलाई बोधार्थ राखेर वक्तव्य जारी गरेको छ ।
श्री क्यू विभाग/क्यू व्यवस्थापन विभाग पृथ्वीचोक सेवा प्रदायक कार्यालय/सेवा प्रदायक केन्द्र/
सेवा प्रदायक केन्द्र १ पृथ्वीचोक दिवा/सेवा केन्द्र
काठमाण्डौं/गोरखा/नारायणगढ/विरगंज/बेशिशहर/वालिङ/दमौली/हुझे/ईटहरी /मुग्लिन/काँकरभिष्ट्टा/बड्कुल/गौर/२ पूर्व पृथ्वीचोक/सेवा केन्द्र ३ पश्चिम/सेवा केन्द्र २०/माईक्रो काउण्टर/लेकसाइड/वेशिबसपार्क / तालचोक /
टुडिखेल/जिरो कि.मि./अर्चलबोट