Syangja Update Communication
प्रहरीको नियन्त्रणमा दुई लागूऔषध कारोबारी

स्याङ्जाको गल्याङबाट प्रहरीले ठूलो मात्रामा नियन्त्रित लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु. १ ख. ८४५२ नम्बरको बसमा सवार उनीहरूलाई गल्याङ नगरपालिका-१, राम्दीमा चेकजाँचको क्रममा पक्राउ गरिएको हो।

दिउँसो करिब २:१० बजे वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीको टोलीले बस चेकजाँच गर्दा कास्कीको पोखरा महानगरपालिका-३२ का २४ वर्षीय अजय परियार र ३० वर्षीय अमृत थापाको साथबाट लागूऔषध बरामद भएको थियो।

प्रहरीले उनीहरूको साथबाट डाईजेपाम, नुफिन र फेनेरागन गरी १०२ एम्पुल लागूऔषध बरामद गरेको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update