Syangja Update Communication
वालिङको फोहोरमैला व्यवस्थापन नमुना बन्दै, बंगलादेशको  प्राविधिक टोली अनुभव साट्न वालिङमा

वालिङको फोहोरमैला व्यवस्थापन नमुना बन्दै,बंगलादेशको
प्राविधिक टोली अनुभव साट्न वालिङमा
अकला संवाददाता 
वालिङ नगरपालिकाले सञ्चालन गरेको फोहोर मैला व्यवस्थापन नमुना बन्दै गएको छ ।वालिङ्ले  फोहोरमैला व्यवस्थापनमा गरेको सकारात्मक प्रगति तथा सिकाई अनुभव आदानप्रदान गर्न बङ्गलादेशबाट एक अध्ययन टोली वालिङ वालिङ् नगरपालिकाले बताएको छ । बङ्गलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजिका प्राध्यापक सहितको ६ जनाको टोली वालिङका आएको हो ।
बङ्गलादेशबाट आएको टोलीले फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट तथा नमुना काम गर्दै आएको वालिङको सरसफाइ केन्द्रको अवलोकन गरेको छ । टोलीले स्थलगत अवलोकनपछि व्यवस्थाको प्रक्रिया र असल अभ्यासको सिकाई आदानप्रदान गरेको छ ।
विशेषगरि दिशाजन्य लेदो फोहोर व्यवस्थापन पक्षको जानकारी लिन स्याङ्जाको वालिङ आएको टोलीका प्रमुख प्रा.डा. रवश्हन मुम्ताजले बताउनुभयाे । 
फोहोरलाई आर्थिक स्रोतका रूपमा रुपान्तरण गरेपछि फोहोरको व्यवस्थापन पक्षको जान्न र बुझ्न देश तथा बिदेशीबाट अध्ययन टोली आउने गरेका छन् । अनुभव आदानप्रदान गर्न देशभित्रकै पालिका र बिदेशबाट अध्ययन गर्ने टोली आउने गरेको वालिङका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: आइतबार, साउन २६, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update