Syangja Update Communication
गल्याङ जेसीजलाई नेपाल जेसीजद्वारा 'गोल्ड अवार्ड' - सामाजिक सेवामा उत्कृष्टताको उच्च सम्मान"

"गल्याङ जेसीजलाई नेपाल जेसीजद्वारा 'गोल्ड अवार्ड' – सामाजिक सेवामा उत्कृष्टताको उच्च सम्मान"

गल्याङ क्षेत्रको युवा नेतृत्व र सामाजिक उत्तरदायित्वलाई सम्मान गर्दै नेपाल जेसीजले गल्याङ जेसीजलाई गोल्ड अवार्ड प्रदान गरेको छ। यो सम्मान गल्याङ जेसीज वर्ष २०२५ द्वारा सञ्चालन गरिएका प्रभावकारी, सशक्त र समाजमैत्री कार्यक्रमहरूको मूल्याङ्कनको आधारमा प्रदान गरिएको हो।

वि.सं. २०७५ (सन् २०१८) मा स्थापना भएको गल्याङ जेसीजले गल्याङ नगर र वरपरका ठाउँहरुमा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई संगठित गर्दै, सामाजिक सेवाका विविध पाटाहरूमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

यस संस्थाले स्थानीय समुदायमा आधारित कार्यक्रमहरू – श्रमिक सम्मान,माता सम्मान कार्यक्रम ,विधालयहरु मा शैक्षिक तथा खेलकुद सामाग्री वितरण ,प्रजातन्त्र दिवस,गणतन्त्र दिवस,सहिद दिवस लगायतका राष्ट्रिय दिवसहरुमा दिप प्रज्वोलन सहित कार्यक्रम ,स्थानीय धार्मिक र पर्यटकीय ठाउँहरु को प्रवद्दन र संरक्षण ,विभित्र अत्यावश्यक परेका विरामीहरु लाई सम्बन्धित ठाउँमा गएर रक्तदान कार्यक्रम ,युवा सशक्तीकरणका लागि विभित्र युवा क्लबहरु लाई खेलकुद सामाग्री वितरण ,प्राकृतिक प्रकोप विपदहरुमा उत्कृष्ट सहभागीता सहित उद्धार कार्य, सरसफाइ, वृक्षरोपण, जलचर संरक्षण, रक्तदान, बालमैत्री गतिविधि, महिला सशक्तिकरण, नेतृत्व विकास तालिम सहित नेपाल जेसीजले तोकेका कामहरु को उत्कृष्ट कार्य सम्पादन लगायतका जनसरोकारका थुप्रै कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गर्दै आएको छ।

नेपाल जेसीजले देशभरका जेसीज शाखाहरूको कार्यक्रम, सामाजिक प्रभाव, नेतृत्व विकास र अभिलेखिकरणको समग्र मूल्याङ्कन गर्दै गल्याङ जेसीजको कार्यलाई सामाजिक प्रतिबद्धता, नेतृत्व क्षमता र समुदायमैत्री सोचको उत्कृष्ट उदाहरणका रूपमा चिन्दै गल्याङ जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी ज्ञानेन्द्र पाठक र गल्याङ जेसीजलाई यो सम्मान दिएको हो।

गल्याङ जेसीजको क्रियाशीलता सामाजिक सञ्जालहरूमार्फत समेत प्रशंसा गरिएको छ – फेसबुक, टिकटक लगायत माध्यममार्फत यथार्थ रिपोर्टिङ, सूचनामूलक पोस्ट र जनसरोकारका प्रत्यक्ष दृश्यले यसको लोकप्रियता र पारदर्शिता झनै बलियो बनाएको छ।

गल्याङ जेसीजले यो अवार्डलाई थप प्रेरणाको स्रोत मानेर आगामी दिनहरूमा पनि युवा नेतृत्वलाई सक्रिय बनाउँदै, स्थानीय विकास र सामाजिक रुपान्तरणका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन २०, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update