Syangja Update Communication
मौसम पूर्वानुमान अनुसार सतर्कता अपनाउन स्याङ्जा प्रशासनको अनुरोध

मौसम पूर्वानुमान अनुसार सतर्कता अपनाउन स्याङ्जा प्रशासनको अनुरोध

स्याङ्जा, श्रावण ४।
हाल देशभर वर्षा सक्रिय रहँदा गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा जिल्लामा समेत केही स्थानमा भारी वर्षा भईरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको श्रावण ४ गते सोमबारको सूचनामा देशभर अत्याधिक वर्षा हुने उल्लेख गरिएको छ। त्यसैको सन्दर्भमा स्याङ्जाका नदी, खोला, भीर, डाँडामा पहिरोको जोखिम रहन सक्ने भन्दै विशेष सतर्कता अपनाउन भनिएको छ। कार्यालयले अत्यावश्यकबाहेकका यात्राहरू नगर्न, जोखिमयुक्त क्षेत्रमा जान नहुने, तथा सवारी साधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ। स्याङजादेखी काठमाडौं पोखरा जाने रात्रीकालिन बसहरु नचलाउन आग्रह गर्दि दिउँसो ४ बजे अगाडी नै मिर्मीदेखी बस छुटाउन समेत आग्रह गरिएको छ । 

स्थानीय तहमा रहेका प्रमुख नदी, खोला तथा पहिरो आउन सक्ने स्थानहरूमा निगरानी राख्न पनि प्रशासनले निर्देशन दिएको छ। विशेषगरी अर्घाखाँची, आँधिखोला लगायतका क्षेत्रमा पहिरो तथा बाढीको सम्भावना उच्च भएको भन्दै सर्वसाधारणलाई पूर्व तयारी गर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको हो।

सूचना सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा जारी गरिएको हो।

प्रकाशित मिति: आइतबार, साउन ५, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update