Syangja Update Communication
Rotaract Club of Waling को पाँचौ  पदस्थापना  सम्पन्न

Rotaract Club of Waling को पाँचौं पदस्थापना सम्पन्न

आयुष्मा काफ्ले नयाँ अध्यक्ष चयन

वालिङ, स्याङ्जा — 2082 साउन 2
Rotaract Club of Waling को पाँचौं पदस्थापना समारोह शुक्रबार सम्पन्न भएको छ। वालिङ-१०, भकुन्डेमा अवस्थित होटल भेनसको सभाहलमा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमिति घोषणा गरिएको छ।

Rotary वर्ष 2024/25 की अध्यक्ष रोटर्याक्टर बिना रेग्मी र 2025/26 की अध्यक्ष रोटर्याक्टर आयुष्मा काफ्ले को अध्यक्षतामा सम्पन्न कार्यक्रममा Rotaract District 3292 का DRR रोटर्याक्टर दिनेश गैर्हे प्रमुख अतिथि रहनुभएको थियो।

नयाँ कार्यसमितिमा अध्यक्षमा आयुष्मा काफ्ले, सचिवमा सफल लुइँटेल र कोषाध्यक्षमा तुल्सीराम डुम्रे चयन हुनुभएको छ। यस कार्यकालमा क्लबमा ११ सदस्यीय बोर्ड अफ डाइरेक्टर्स, ८ जना नयाँ सदस्य र ६ जना सक्रिय सदस्य सहित कुल २५ जना सदस्य सक्रिय रहने जानकारी दिइएको छ।

समारोहमा पूर्व अध्यक्ष बिना रेग्मीले आफ्नो कार्यकालभर भएका गतिविधिहरू सार्वजनिक गर्नुका साथै क्लबमा विशिष्ट योगदान पुर्‍याएका ८ जना सदस्यलाई सम्मानस्वरूप पुरस्कार प्रदान गर्नुभएको थियो।
नव-निर्वाचित अध्यक्ष आयुष्मा काफ्लेले आगामी वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो।

कार्यक्रममा Rotaract Waling को अभिभावक संस्था Rotary Club of Waling का वर्तमान अध्यक्ष चुरामणी सुवेदी, पूर्व अध्यक्षहरू, Zone 16 का ZRR श्रीनाथ वाग्ले, District 3292 का सदस्यहरू, अन्य क्लबका प्रतिनिधिहरू, पत्रकारहरू तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि DRR दिनेश गैर्हेले वालिङका संस्थापक अध्यक्ष किशोर पाठक प्रति विशेष धन्यवाद व्यक्त गर्दै क्लबको निरन्तर प्रगति प्रति बधाई दिनुभएको थियो। उहाँले स्याङ्जा जिल्लाको पहिलो Rotaract Club को रूपमा Rotaract Waling को योगदान उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा District स्तरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य Rotary Waling का पूर्व अध्यक्ष सीता पाण्डे डुम्रे, युवराज पाठक तथा Zone 16 का ZRR श्रीनाथ वाग्लेले दिनुभएको थियो।

कार्यक्रम सञ्चालन क्लबका सचिव सफल लुइँटेलले गर्नुभएको थियो भने कोषाध्यक्ष तुल्सीराम डुम्रेले शुभकामना मन्तव्य दिनुभएको थियो। सर्जेन्ट एट आर्म्स कविता पाठकले समापन मन्तव्य सहित सम्पूर्ण कार्यक्रम विवरण प्रस्तुत गर्नुभएको थियो।

Rotaract Club of Waling एक अराजनीतिक स्वयंसेवी संस्था हो जसको मूल मन्त्र "Service Above Self" अर्थात् ‘आत्मभन्दा माथि सेवा’ रहेको छ।

प्रकाशित मिति: शनिबार, साउन ४, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update