
सम्पत्ति विवरण सहितको आफ्नो धारणा सार्वजनिक गर्दै आंधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल ।
पौडेल द्वारा व्यक्त विचार ।
आँधीखोला गाउँ पालिका अध्यक्ष म बिश्वनाथ पौडेल आम आँधीखोलाबासि जनसमुदाय समक्ष यो सार्बजनिक स्वघोषणा गर्दछु कि :-
"यो तिन बर्षको अबधिमा राज्यले तोकेबमोजिम प्रचलित ऐन कानुन वा नीति नियम भन्दा बाहिर गएर कुनै पनि आर्थिक, भौतिक, सामाजिक वा राजनीति अख्तियारि दुरुपयोग नगरेको, यो तीन बर्षको अबधिमा पालिकाबाट एक पैसा पनि भ्रमण भत्ता,(TADA ) कार्यपालिका बैठक भत्ता, प्लेन टिकट, वा अन्य कुनै अतिरिक्त वा बिबिध खर्च भनेर एक पैसापनि नलिएको, अध्यक्ष बाहेक राज्यलाई अतिरिक्त भार पर्ने गरि, मेरो कुनै सचिबालय, निजि सचिब, सहयोगि, भान्से, सल्लाहकार, बिज्ञ वा अन्य पालिकाबाट भुक्तानी दिनुपर्ने कुनै पद सृजना नभएको र त्यसबापद एक पैसा पनि कतै भुक्तानी नभएको समेत स्वघोषणा गर्दछु !
म खुल्ला किताब हो मैले सपथग्रहण पश्चात् आफ्नो सम्पत्ति बिबरण सार्बजनिक गरेको थिए र प्रतेक आर्थिक बर्ष समाप्त हुने बित्तिकै सार्बजनिक गर्ने गरेको छु ! आज पनि सो बिबरण सहित उपस्थित भएको छु ! मेरो ब्याक्तिगत स्वभाव शैली र यो अबधिमा सम्पादन गरेको कार्यप्रति आम समुदायले गर्ने मुल्यांकनलाई शिरोधार्य गरि आत्मसाथ गर्ने छु ! सबै मानिसमा सबल र सुधार गर्नु पर्ने पक्ष रहेका हुन्छन् ! सबैको चित्त बुझाउन र सबैका सबै माग, चाहना र योजना सम्पन्न गर्न संभब छैन ! काम गर्न कति सके आम आँधीखोला बासिको मुल्यांकन मलाई शिरोधार्य छ ! तर राज्य वा ब्याक्ति कोहि कसैको पनि केही बिगार गरेको छैन भन्नेमा म बिश्वस्त छु !
मलाई थाहा छ, इमान, सद्भाव, सेवाभाव र,प्रतिबद्ध सहित कर्मशीलता, र स्वच्छता छ भने त्यो मानिस खराब हुन सक्दैन !! आम जनसमुदाय प्रति यो मेरो सार्बजनिक प्रतिबद्धता हो, म पारदर्शी, जबाफदेहि, उत्तरदायी र ईमानदार रहिरहने छु ! यहाँहरूका सल्लाह सुझाब र आलोचनालाई आगामी दिनमा पनि सधैं आत्मसाथ गर्ने छु !
यो तीन बर्षको अबधिमा मलाई प्राप्त सहयोग र समन्वयको लागि आम समुदायप्रति हार्दिक कृतज्ञता ब्याक्त गर्दै आगामी दिनहरूमा यस्तै सहयोग र समन्वयको अपेक्षा राख्दै निर्वाचित सम्पुर्ण जनप्रतिनिधि साथिहरू,राजनीति दलका सहयात्री साथिहरू, कर्मचारी मित्रहरू, पत्रकार, सुरक्षाकर्मी, विभिन्न संघ संस्था सहित आम समुदायप्रति फेरिपनि हार्दिक आभार ब्याक्त गर्दै आगामि दिनहरूमा पनि सत्य निष्ठा पुर्बक मनमा कुनै लोभ,घमण्ड, स्वार्थ नलिई आँम आँधीखोले जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता ब्याक्त गर्दछु !!
आ व २०८१/०८२ को प्रथम दिन
१ श्रावण २०८२