Syangja Update Communication
व्यक्तिगत बाटोका लागि नगरपालिकाले २ लाख छुट्टयाएपछी भिरकोटमा विवाद

व्यक्तिगत बाटोका लागि नगरपालिकाले २ लाख छुट्टयाएपछी भिरकोटमा विवाद
संवाददाता
स्याङ्जाको भिरकोट नगरपालिका वडा ४ गैह्राथोकमा सिद्धार्थ राजमार्ग संगै जोडिएको बाबुराम अर्यालको घर जाने बाटोका लागि नगरपालिकाले  २ लाख रुपैयाँ छुट्टयाइएको भन्दै विरोध भएको छ ।
योजनाको बिषयमा बुझ्दा वडा अध्यक्ष रत्नप्रकाश श्रेष्ठले आफूलाई जानकारी नभएको सिधै पालिकाबाट नगर प्रमुख बाट योजना पारिएको बताएका छन् । मैले पनि पछि देखे,योजना आईसकेको रहेेछ । बजेटको बिषयमा बुझ्दा बाबुराम अर्यालले आफ्नो घरसम्म आउने बाटो भएको स्विकारे । यद्यपि अर्याल मेरो घरबाट यताउता जान पनि मिल्छ नी । बाटो सजिलो भएपछि मैले मात्र प्रयोग गर्ने होइन,यहाबाट हिड्ने सबैले सजिलो बाटो हिड्न पाउछन् , सोही हिसाबले योजना पारिएको बताए ।
कतिपय ठाउँमा एकदमै समस्या भएको ठाउँमा योजना  योजना नपरेको गुनासो आईरहेको बेला राजमार्ग संग जोडिएको व्यक्तिको घर जाने बाटो बनाउने कुरा मनासिब नहुने बताएका छन् ।
कतिपय ठाउँमा योजनाको नाम व्यक्तिसंग जोडिन्छ पनि तर यहाँको हकमा भने निजी बाटो रहेको सोही ठाउँका स्थानीयले बताएका छन् । तर घरबेटी अर्यालले भने मेरो घर हुदै अन्यत्र पनि जान सकिने दाबी गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update