
प्रशासनको स्वतन्त्र भुमिका माथि नैतिक प्रश्न ।
गत वैशाख १८ गते साझ स्याङ्जाको गल्याङमा एकजना मजदुरको कुटपिट बाट नाक भाचिएको थियोे ।
सडक मजदुरको रुपमा गल्याङ आएका उदयपुरको साजल राइलाई गम्भीर कुटपिट गरि नाक भाच्ने गरि कुटिएको थियोे । पिट्दै गरेको स्थानीयले देखेपछि छुट्टाएर अस्पताल लगेका थिए ।
त्यो घटना गल्याङ प्रहरीका प्रमुखको रोहवरमा जबर्जस्ती थर्काएर मिलापत्र गराईएको थियोे ।
मजदुर कुटपिट गर्न कसैले पाइदैन । मजदुर मात्रै होइन कसैलाई कसैले कुनै बहानामा कुटपिट गर्न पाइदैन ।
तर प्रशासनकै दबाबमा कोही मजदुरलाई जबर्जस्ती थर्काएर मिलापत्र गर्न बाध्य पार्ने ।
कोही मजदुरलाई निवेदन दिन्न भन्दापनि जबर्जस्ती दिन दबाब दिने यस्तो पनि स्वतन्त्र प्रशासन हुन्छ ?
दुई हप्ता अगाडि जिल्ला प्रहरी कार्यलय स्याङ्जा नजिकै एउटा मुस्लिम युवा कुटिए । प्रशासनले बाहिरै मिल्नु है,यहाँ भित्र नआउनुस् भनेर सहजीकरण गरेको मलाई झलझली याद छ ।
एक हप्ता अगाडि जिम्मेवार जनप्रतिनिधि वालिङको भेनस होटलमा बसेर कुटपिटको घटनालाई सहजीकरण गरिरहदा प्रशासन रमिता हेरेर बस्यो !
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख ज्यु । स्याङ्जाको प्रशासन ०६४ साल भन्दा अगाडि फर्किएको हो ?
गल्याङ,पुतलीबजार,बायाँटारीमा मजदुर कुटिदा कोही कसैलाई मतलब भएन, बायाँटारीमा ड्युटीका प्रहरी असई कुटिए,वालिङ् भुम्रेमा छुरा हानाहान भयो यस्तो गम्भीर अपराधमा प्रशासन राजनीतिक आदेशमा चल्न मिल्छ ?
राजनीति नै गर्ने मन भए जागिर छाडेर आए भैगौ नी ।
वालिङका व्यवसायी प्रकाश अर्याल हिजो राति देखि भकुण्डे प्रहरी हिरासतमा छन् । उनलाई मजदुर पिटेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्यालले साच्चिकै मजदुर पिटेका हुन भने उनलाई कारबाही प्रशासनले गरोस् ।
तर साढेहरु डन बनेर गुन्डागर्दी गर्दै हिड्दा चुईक्क नबोल्ने र केही गर्न नसक्ने प्रशासन सर्वसाधारण तथा सत्ता बाहिरका मान्छेलाई राजनीतिक आदेशमा बदलाभाव राख्ने कुरा कुनै कोणबाट शोभनीय छैन् ।
आफू माथि कुटपिट हुदा रुवाबासी गर्दै हल्ला मच्चाउनेहरु मजदुर कुटपिट हुदा बोल्नु पर्दैन ? गल्याङमा मजदुरको नाक भाचेर ११ दिनसम्म हस्पिटलका शैयामा हुदा एक शब्द बोल्न र लेख्न नसक्नेहरु नयाँ हुम भन्दै आदर्शको डंका पिट्न सुहाउछ् ?
मेरो सवाल कोही मजदुर कुटपिट हुदा प्रशासनकै रोहवरमा २ घण्टामा जबर्जस्ती मिलापत्र गर्ने,कुनै घटनामा निवेदन दिन्न भन्दा पनि जबर्जस्ती दिनुपर्छ हिड्नुस भन्दै ल्याएर दर्ता गराउने यस्तो पनि स्वतन्त्र प्रशासन हुन्छ ?
यो भनिरहदा वास्तविक दोषीलाई कडा कारबाही गर्ने र पिडितले न्याय पाउने बिषय प्रधान बिषय हो,यो बिषयबाट दायाँबायाँ नहोस् भन्नेमा म दृढ छु ।