Syangja Update Communication
प्रमुख प्रशासकीय अधिकृत कुटिए

प्रमुख प्रशासकीय अधिकृत कुटिए ।

स्याङ्जाको हरिनास गाउपालिकाका अध्यक्ष खिमबहादुर मानन्धरले आफ्नै पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेललाई कार्यकक्षमै कुटपिट गरेको बुझिएको छ । सम्झौता विपरीतको रकम भुक्तानी गर्न अटेरी गरेको भन्दै उनी माथि कुटपिट गरिएको स्रोतले बताएको छ । आक्रोसित अध्यक्षले  कुटपिट सुरु गरेपछि अधिकृत पौडेल झ्यालबाट भागेर जानुभएको पालिकामा कार्यरत कर्मचारिले नाम उल्लेख नगर्ने सर्तमा  अकलालाई बताए ।
अध्यक्ष मानन्धरले प्रशासकीय अधिकृतकाे माेवाईल समेत नियन्त्रणमा लिएका छन् । मानन्धर बेलाबेलामा विवादमा आईरहने जनप्रतिनिधि हुन । यद्यपि हरिनांस गाउँपालिकामा दोस्रोपटक समेत निर्वाचित गाउँपालिका अध्यक्ष हुन ।
घटनाको बिषयमा बुझ्न अध्यक्ष मानन्धरलाई सम्पर्क गर्दा उनको मोबाइल उठेन ।
हरिनांस गाउँपालिका मात्रै होइन अगिल्लो आर्थिक बर्षमा वालिङ नगरपालिकाका तत्कालीन लेखा अधिकृत ज्ञानप्रसाद अर्याल र इश्वरी तिवारीलाई केही जनप्रतिनिधिले आफूले भनेको विल अनुसार भुक्तानी नदिएको भन्दै राति १२ बजेसम्म लेखा शाखामा ताला लगाएर राखेका थिए ।
@highlight

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update